प्रकाशित मिति : सोमवार, मंसिर ९, २०७६
२०७६साल मंसिर ७ गते तुल्सीपुर उपमहानगरपालिका १३ फुलबारीमा भएको ओली वंशको भेलामा संस्थापक सचिव अम्मर बहादुर ओलीले दिएको बक्तब्य ।
यश सभाका सभापती ज्यु,,
१.सर्बप्रथम आजको यश भेलामा उपस्थित हुनुभएका ओली वंशका मेरा मान्यजनहरुमा ढोग छ, र म भन्दा मुनिकाहरुलाई शुभ आशिर्वाद छ।
२. हामीलाई यश पुन्यभुमीमा जन्मदिने पू्र्खाहरु प्रति गहिरो सम्झना व्यक्त गर्न चाहन्छु।
३.आज जस्ले हामीलाई यश रमणीय स्थल दाङको फुलवारीमा यति ठुलो लगानी लगाई मन्दिर निर्माण गरेर यहाँ हाम्रो ओली वंश को भेला गराउनुहुने वंशका असल सपूत श्री जागेश्वर ओली र उहाँको परिवार प्रति मुरी मुरी धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु ।
४.हामी ओली वंशहरु यश क्षेत्रको पहाडी जिल्ला र तराई पुर्ब पश्चिम मा फैलीयर बसोबास गर्दै आएका छौँ । यस्लाई एकताबद्द गरि समन्वय गरेर आफ्नो वंशका धार्मिक,सास्कृतीक परम्परा र सामाजिक मुल्य मान्यतालाई तथ्यको आधारमा ओली वंशको वशावली तयार पार्ने उद्देश्यले २०५७ सालमा बिधिवत रूपमा ओली वंश समन्वय समितिको नामबाट संस्था दर्ता गरि हामी अगाडी बढी रहेको अबस्थामा हाम्रो मुलुक ठुलो दन्दमा फस्यो।त्यही कारणले हामी अगाडि बढन सकेनौ। यो एउटा ठुलो दुर्भाग्य नै थियो। तत्पश्चात धेरै बर्षपछी २०७५ सालमा यस्आदरणीय गोत्रहरु। हामीहरुले आज भन्दा पहिले सानो घेरामा रहेर स साना रूपमा वंशावलीलाई चिनाउने प्रयास गरेका थियौं। जस्तै, ओबाङ्गी ओली वंशावली,कालुराम वंश ओली समाज र ओली वंश समन्वय समिति आदि नाम बाट सक्रियता पुर्बक एकताबद्द भै हाम्रो लक्ष्य पुरा गर्ने अठोट गर्न अत्यन्त जरुरी छ। अब यहाँनेर हामीले छलफल गर्ने बिषय कहाँ छ भने पुर्बेली ओलीहरुले हामी सल्यान बाट आएका हौँ भन्ने उहाँहरुको वंशावलीमा उल्लेख गर्नुभएको छ। तर गोत्र फरक देखाई हामी ब्राह्मण हौँ भन्नुभएको छ।हामी यश क्षेत्रमा बस्ने सबै क्षेत्रीयहरु नै छौँ। ओली वंश समन्वय समिति नाम एउटै भएपनी क्रियाकलाप अलगअलग देखिएका छन् ।त्यसैले हामीले हाम्रो केन्द्रिय कार्यालय दाङको नारायणपुरमा राखी भिन्न रुपले अगाडी बढने प्रयास गरेका छौं । तर पुर्बेली बन्धुहरुसंग हामी एक भएर नबढनेपनी होइन बिज्ञहरुसंग बसी छलफल र तथ्यको आधारमा मात्र हाम्रो पहिलो मुल उदेश्य सानासाना रूपमा आफ्नो गाउँ ठाउँमा पहिचान भएको समुहलाई एकता बद्दगरी ओली वंश समन्वय समाज नेपालको नामले देश भरीका ओलीहरु एक भै हाम्रो ईतिहास वंशावली निर्माण गर्ने र कुलदेवता अन्य देबि देवताहरु पुजन बिधीमा एकरुपता ल्याउने, वंशका हरेक क्रियाकलाप सभ्य सुसंस्कृत सबल र सक्षम बनाउने, ओलीहरु चरीत्रवान नेपाल लगायत विभिन्न देशमा बस्ने उच्च संस्कार बोकेको असल जाति हुन भन्ने पहीचान र संदेश दिने अथक प्रयासमा लाग्ने प्रण गर्नु गराउनु हाम्रो कर्तव्य हो भन्ने मान्यता राख्नु पर्दछ। उपस्थित हाम्रा आदरणीय वंशहरुसंग म नम्र निवेदन के गर्न चाहन्छु भने हाम्रो उदेश्य ओली वंशको वंशावली तयार पार्ने कुलदेवता देखि देबीदेवताहरु परम्परागतरुपमा मानी आएका हाम्रा मान्यतालाई एक रुपता ल्याउने ओली वंशलाई सभ्य सुसंस्कृत बनाउने हाम्रो उदेश्य सबैको एउटै छ।त्यसैले यहीँ कुरामा लागौं भन्ने हाम्रो उदेश्य हो, तर काम कठिन छ ।वंशावली तयार पार्नु सबैको मान्यतालाई एकरुपतामा ल्याउनु खाली गफ दिएर भेला गरेर एकदिनको रमाइलोले हुन सक्तैन, तसर्थ मन वचन कर्मले सक्रिय पुर्बक लाग्नु पर्ने अबस्था छ। अब संक्षेपमा हामीले अपनाउनु पर्ने गर्नुपर्ने कामहरु छोटकरीमा निवेदन गर्न चाहन्छु ।
ओली वंशको हितमा आफ्नो क्ष मता अनुसारको सहयोग गर्ने प्रण गरौं ।
क्षेत्री ओलीहरुको केन्द्रीय कार्यालय दाङको नारायणपुरमा नै कायम गरौं ।
एउटा केन्द्रिय समिति बनाउँ।
प्रदेश समिति निर्माण गरौं ।
५.जिल्ला जिल्लामा स्थानीय निकायमा समिति गठन गरि जिल्ला समितिको निर्माण गरौं ।
६.एउटा बृहत भेला गरौं ।
७.एउटा उपयुक्त स्थानमा महायज्ञ को आयोजना गरौं ।
८.वंशावली लेखन समिति बनाउँ।
९.वंशावली लेखन समितिलाई ओली वंश सम्बन्धि अभिलेख पुरातात्त्विक बस्तुहरु सबै क्षेत्रबाट उपलब्ध गराउँ।
१०.हाम्रो वंशका कर्मचारी, शिक्षक, राजनीतिकर्मी,सक्रिय समाजसेवी,बुद्धिजीवी,पत्रकार,कलाकार आदिको तथ्य लगत उपलब्ध गराउँ।
११.वंशको अहित हुने काम कहिले नगरौं ।
१२.वंशको कार्यक्षेत्र भित्र राजनैतिक गन्ध आउने क्रियाकलाप पुर्णरूपमा बन्द गरौं।
१३. हाम्रो परम्परा धर्म संस्कृति र मुलुक प्रति अहित हुने काम कहिल्यै नगरौं ।
१४ आफ्नो वंशको लागि सबै जनाले एकदिनको एकघण्टा चिन्तन मनन गरौं।
१५.हाम्रो केही मतभिन्नता भएतापनी संयमता पुर्बक सत्यतथ्य प्रमाणका आधारमा पुर्ब मेची देखि महाकालीसम्मका ओली वंशलाई एकता गर्ने अथक प्रयास गरौ। यसैमा हाम्रो कल्याण हुने छ। आदरणीय गोत्रहरु। मैले बुदागतरुपमा प्रस्तुत गरेका बिषयमा छलफल गरौं र निर्णयमा पुगौँ। अन्तमा मेरो सानो भनाइ अन्त गर्न चाहन्छु।मेरो भावना र विचारमा केहि छुट हुन सक्दछन।त्यस्का लागि सुझाव दिन सबैलाई अनुरोध गर्दछु, काम भन्न सजिलो छ गर्न निकै कठिनाइ भोग्नु पर्छ भन्ने कुरा हामीले कहिल्यै हामीले नबिर्सौं। एक पटक फेरि ओली वंशका सपूत जागेश्वर ओली र उहाँकि ममतामयी आमा र दाजुभाइहरुलाई आभार प्रकट गर्न चाहन्छु । जय चित्रलेखी पिनलेखी, जय ओली वंश भगवानले हामी सबैको रक्षा गरून्। अम्मर बहादुर ओली घोराही उपमहानगरपालिका ६ चैनपुर दाङ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij