प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६
जनकपुर । नेपाली मुस्लिम समुदायका चर्चित धर्मगुरु मौलना, मुफ्ती, कारी जैश मोहम्मदको निधन भएको छ । जनकपुरधाम उपहानगरपालिका लोहनाका ८५ वर्षीय धर्मगुरुको सोमबार राति निधन भएको उनको स्वकीय सचिव साजिद अहमद मियाले जानकारी दिए ।
मुफ्ती सउदी अरबबाट नेपाल फर्किने क्रममा बिरामी परेका थिए । मृगौला सम्बन्धी रोगदेखिएपछि उनलाई उपचारको लागि मुम्बईको एक अस्पतालमा लगिएको थियो । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई एम्बुलेन्समार्फत नेपाल ल्याउने क्रममा भारतको लखनउमा निधन भएको हो ।
उनी नेपालमा मात्र नभई भारत, बंगलादेश, मिस्रसहितको देशमा प्रसिद्ध थिए । धर्मगुरु मुफ्तीको जनकपुरधामको लोहना शरीफमा बुधबार दिउँसो २ बजे मुस्लिम धर्मअनुसार अन्तिम संस्कार गरिएको मियाले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij