प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६
प्युठानको ढिकाबाङ जादै गरेको ना ३ ख ६५४२ नम्वरको बस दाङको बंगलाचुली गाउँपालिका वडा नं. ६ बचेनी भन्ने स्थानमा दुर्घटना हुँदा बसमा सवार एक महिलाको ज्यान गएको छ भने अन्य २१ जना यात्रु घाइते भएका छन् । मृतककाे सनाखत भएकाे छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा माण्डवी गाउँपालिका वडा नम्बर २ प्युठानकी १६ वर्षीया नेहा वलीले रहेको प्रहरीले जनाएको छ । यस्तै, उक्त दुर्घटनामा परि घाईते भएका मध्ये १ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।
गम्भीर घाइते हुनेमा बसका सहचालक बंगलाचुली गाउँपालिका वडढा नम्बर ६ रुपिनडाँडाका ४० वर्षीय हिक्मत पुन रहेको प्रहरीले बताएको छ ।
अन्य घाईतेहरुको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए । मंगलबार दिउँसो सवा ३ बजेतिर उक्त बस अनियन्त्रित भइ सडकदेखि ५० मिटर तल खसेको थियो ।



© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij