सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कञ्चनपुरमा मोटरसाइकललाई उछिनेको भन्दै सडकमै कुटपिट, बाटैमा ज्यान गयो

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १३, २०७६



  • महेन्द्रनगर। कञ्चनपुरमा एक युवकलाई मोटरसाइकललाई उछिनेको निहुँमा ४ जना युवाले निर्घात कुटपिट गर्दा ज्यान गएको छ । महाकाली नगरपालिका–३ का २२ वर्षीय दीपक पन्तलाई निर्घात कुटपिट गरिएकोमा उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । महेन्द्रनगरबाट दोधारा चाँदनी जाने क्रममा मोटरसाइकल ‘ओभरटेक’ गरेको भन्दै भीमदत्त नगरपालिका–१८ मा चार जनाको समूहले पन्तमाथि चक्कु र हेलमेट प्रहार गरी हत्या गरेका हुन् ।

    पन्तको हत्याको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१५ गोबरैयाका १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र जानकी टोलका २२ वर्षीय गणेश लुहारलाई पक्राउ गरेको छ । पन्तमाथि कुटपिट गर्ने चार जनासहित एउटा मोटरसाइकल र एउटा स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    बिहीबार घरबाट बुवा विशन पन्तलाई मोटरसाइकलमा राखेर महेन्द्रनगर बजार आएका दिपकलाई घर फर्किने क्रममा मोटरसाइकल रोकेर चार जनाको समूहले कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका पन्तको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारत लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij