आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाइनेछ’

  • प्रकाशित मिति : बिहिबार, मंसिर १९, २०७६



  • फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाउनका लागि फाल्गुनन्द भाषा शिक्षालय निर्माण तथा सञ्चालन गर्ने निर्णय गरेको छ।

    गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वीरबहादुर कुरुम्बाङले गाउँपालिकाको कार्यालय घुर्वीसेपञ्चमीमा बुधबार पदभार ग्रहण गर्दै सो निर्णय गरेका हुन्।

    अध्यक्ष कुरुम्बाङले मातृभाषाका शिक्षक उत्पादन गरी मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाउनका लागि भाषा शिक्षालय निर्माण तथा सञ्चालन गर्ने निर्णय गरिएको बताए।

    यसैगरी उनले दुई वर्षभित्रमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण, छ महिनाभित्र फाल्गुनन्द आवधिक योजना निर्माण, गरीबी निवारण कार्यक्रम सञ्चालन तथा समावेशीकरण, लैङ्गिक समानता, सुशासन, सूचना प्रविधिको उपयोगमार्फत प्रभावकारी सेवा प्रवाह गर्ने लगायत निर्णय गरिएको जानकारी दिए ।

    सो अवसरमा अध्यक्ष कुरुम्बाङले जनतालाई सुखी बनाउने र फाल्गुनन्द गाउँपालिकालाई समृद्ध बनाउने कार्यमा सहकार्य तथा सहयोग गर्न सबै पक्षलाई आग्रह गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij