सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बैंक तथा वित्तीय संस्थाको लगानी अनुत्पादक क्षेत्रमा

  • प्रकाशित मिति : बिहिबार, मंसिर १९, २०७६



  • काठमाडौं । के कमर्शियल बैंकको मुख्य काम नाफा मात्र आर्जन गर्नु हो ? होइन, भने अनुत्पादक क्षेत्रमा लगानी वढाउन ग्राहकलाई किन हौस्याइरहेका हुन्छन् ? यसको जवाफ सजिलो छैन ।

    ‘फाइनान्स सुविधा ८० प्रतिशत, एक दिनमा ऋण स्वीकृत’, गतसाता एक साप्ताहिक पत्रिकाले रङ्गिन छपाईमा यस्तो विज्ञापन छापेको थियो । अहिले कमर्शियल बैंकले छापा तथा इलोक्ट्रोनिक माध्यमलाई विज्ञापन प्रकाशित र प्रशारण गर्न दिँदै ग्राहकलाई गाडी बिक्रीमा (अटो ऋण) दिन लोभ्याइरेहका छन् । नेपाल राष्ट्र बैंकले कूल लगानीयोग्य रकमको १० प्रतिशत कर्जा कृषि क्षेत्रमा उपयोग गर्न कार्यविधिमार्फत सार्वजनिक गरेको छ । सरकारले किसानका लागि सहुलियतपूर्ण कृषि कर्जाको ब्याजदर पाँच प्रतिशत निर्धारण गरेको छ ।

    बैंकहरुले कृषि कर्जामा लगानी गरेबापत १० प्रतिशत मुनाफा पाउँछन् । सरकारले कृषि क्षेत्रमा लगानी गर्ने बैंकलाई थप पाँच प्रतिशत ब्याज उपलव्ध गराउँदै आएको छ । वरिष्ठ अर्थशास्त्री केशव आचार्य भन्छन्, “ उत्पादनका क्षेत्रमा लगानी गर्न कमर्शियल बैंक उत्साहित हुनुपर्छ ,” । वित्तशास्त्री भवानी खनाल बैंकले छिट्टै लगानी गरेर तत्काल प्रतिफल मात्र लिन मोहित भएकाले उत्पादनका क्षेत्रमा नगन्य लगानी भएको र व्यापार घाटा, र बेरोजगार बढ्दै गएको बताउछन्।

    राष्ट्रिय उत्पादनमा कृषकको योगदान धेरै रहको छ । वित्तीय संस्थाले कृषकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकेको देखिदैन । बैंकले अनाज (अन्न), तरकारी, चिया÷ कफी, सुर्ती, जुट, नगदेबाली, फलपूmल, पूष्पखेती, कुखुरापालन, र माछा गरी जम्माजम्मी नौ प्रकारका क्षेत्रमा लगानी गरेको दाबी गरेको छ । राष्ट्रिय कृषक समूह महासंघका पूर्वध्यक्ष उद्धव अधिकारी भन्छन्, “कृषक वित्तीय संस्थासँग सन्तुष्ट छैनन् ,” ।

    नेपालको छैठौँ कृषि गणना २०६८ ले ४२ प्रतिशत किसानले कृषि ऋण नपाएको जनाएको थियो । चालु आर्थिक वर्षको बजेटमा आगामी पाँच वर्षमा कृषिको उत्पादन दोब्बरले बढाउने घोषणा गरिएको छ । असोज मसान्तसम्म वाणिज्य बैंक तथा वित्त संस्थाले झण्डै ३१ खर्ब लगानी गरेका छन् । अनुत्पादक क्षेत्र मानिएको घर घडेरी, सवारीसाधन, मेशिनरी तथा सुनचाँदी खरिदका लागि भने झण्डै ६५ प्रतिशत हुन आउछ ।

    धान, मकै र गहुँ उत्पादनमा उत्साहजनक लगानी छैन । अन्न उत्पादनमा कृषि विकास बैंकको लगानी करीब ५ अर्बमा सीमित छ । बैंकले कृषिका अन्य क्षेत्र– तरकारी र कुखुरापालनमा भने लगानी विस्तार गर्दै लगेका छन् ।

    केहीवर्ष अघिसम्म रुपैया बचत गर्न मानिस बैंक धाउने गर्थै । आजभोलि वित्तीय पहुँच सहज भएकाले बैँक आकर्षण नारा दिएर ग्राहकका घरदैलोमा पुग्न भने थालेका छन् । उनीहरुले आफ्नो संस्थाले दिने बचतमा ब्याज, ऋणमा लाग्ने ब्याजदर, लगानीका क्षेत्र, जोखिमको अवस्थाका सम्बन्धमा घरदैलोसम्म पुगी सेवाग्राहीलाई जानकारी गराउन थालेका छन् । यसबाट बैंकप्रतिको विश्वास बढ्दै गएको भए पनि साना तथा मझौला किसान भने खुशी रहेका छैनन ।

    विश्व बैंकका अनुसार सन् २०१७ मा १५ वर्ष भन्दा बढी उमेरका ५० प्रतिशत पुरुष र ४२ प्रतिशत महिला गरी औसतमा ४५ प्रतिशत नेपालीको बैंक खाता रहेको जनाइएको छ । कृषकले भने समयमा कर्जा प्राप्त गर्न सकेका छैनन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij