सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

दुर्घटनामा परी ६ जनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २४, २०७६



  • काठमाडौं । सर्लाही, रुपन्देही, धनुषा, बाँके, मकवानपुर र झापाका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

    सर्लाहीको मलंगवा नगरपालिका-४ बिश्वकर्मा चोकस्थित सडकमा ज.त २६६६ नम्बरको ट्याक्टरले बिआर ३० आर ४९४१ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सर्लाही चक्रघट्टा गाउँपालिका-९ बस्ने २७ वर्षीया संगिता देवीको घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यसैगरी रुपन्देहीको सियारी गाउँपालिका-७ भर्तापुरस्थित सडकमा लु.२ ख १७२८ नम्बरको टिपर सोमबार राति दुर्घटना हुँदा टिपर चालक रुपन्देही शुद्धोधन गाउँपालिका-३ बतेनी बस्ने ३० वर्षीय राज कुमार यादवको घट्नास्थलमै मृत्यु भएको छ ।

    यस्तै धनुषा, नगराईन नगरपालिका-२ स्थित सडकमा ज.२ त ३११ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाटो छेउमा रहेको पोखरीमा पल्टिएर सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टर चालक सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय ललन सदालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

    बाँकेको कोहलपुर नगरपालिका-११ चौराहास्थित सडकमा पनि भे.७ प २१५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कोहलपुर नगरपालिका-५ रझेना बस्ने २३ वर्षीय सुभाष कार्कीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

    मकवानपुरको मनहरी गाउँपालिका-९ रजैयास्थित सडकमा ना.४ ख ७४३७ नम्बरको ट्रकले ना.५१ प २१८ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मकवानपुर हटौंडा उपमहानगरपालिका-१ बस्ने ३५ वर्षीय सुरेन्द्र आले मगरको चुरेहिल अस्पताल हुँदै मेडिकल कलेज चितवनमा थप उपचारको क्रममा मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मनहरी गाउँपालिका-५ दरदरा बस्ने २५ वर्षीय सुरेश स्याङतानको मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यसैगरी झापाको कन्काई नगरपालिका-४ कोटीहोमस्थित सडकमा ना.५ ख ७६६० नम्बरको ट्रकमा मंगलबार बिहान को.३९ प ७५४ नम्बरको मोटरसाइकल ठोक्किएर मे.१ च ४२८१ नम्बरको कारमा समेत ठोक्किदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङ अमरदह नगरपालिका-२ बस्ने २३ वर्षीय किशन साहको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ ।

    साथै ना.५ ख ७६६० नम्बरको ट्रकमा मे.७ प ४६७१ नम्बरको मोटरसाइकल ठोक्किदा घाइते भएका मोटरसाइकल चालक झापा कमल गाउँपालिका-७ बस्ने २१ वर्षीय गौरब मिश्रको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij