प्रकाशित मिति : मङ्लबार, पुस १, २०७६
नेपाली कांग्रेसका नेता एवं दोश्रो संविधानसभा सदस्य सुर्यविनायक नगरपालिका वडा नम्बर ५, कटुञ्जेका रामेश्वर ढुङ्गेलको ६० वर्षको उमेरमा निधन भएको छ। मस्तिष्कघात भएपछि गएको आइतबारदेखि शिक्षण अस्पताल महाराजगञ्जको सघन कक्षमा उपचाररत उनकोे उपचार कै क्रममा आज दिउँसो सवा तीन बजे निधन भएको स्थानीय रामहरि थापाले बताए। २०७० सालको दोश्रो संविधान सभाको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य निर्वाचित ढुङ्गेलको मंगलबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने स्वर्गीय ढुङ्गेलका भतिजा रञ्जनराज ढुङ्गेलले बताए।
२०१६ साल असार २९ गते कटुञ्जेमा जन्मनु भएका उहाँले २०४० सालदेखि राजनीतिमा सक्रिय रहँदै २०४३, २०४८ र २०५४ सालमा तत्कालीन कटुञ्जे गाविसका अध्यक्षसमेत निर्वाचित भएका थिए। गणेशमान स्मृति वाटिका प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका ढुङ्गेलका एक छोरा अमेरिका र दुई छोरा नेपालमा छन् भने उनकी श्रीमती शुसिला ढुङ्गेलको गएको वर्ष निधन भएको थियो। ढुङ्गेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कांग्रेस भक्तपुरले मंगलबारै श्रद्धाञ्जली व्यक्त गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij