प्रकाशित मिति : बिहिबार, पुस ३, २०७६
दाङमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहीबार पौने १० बजेतिर तुलसीपुर ५ गोदामघर नजिकै ट्याक्टरले ठक्कर दिदा तुलसी आवासिय माबिमा कक्षा ८ मा अध्ययनरत १२ बर्षीया बिजिता केसीको मृत्यु भएको हो ।
रा १ त १४३५ नम्बरको ट्याक्टरको ठक्कर दिदा गम्भीर घाईते भएकी तुलसीपुर ७ शिवनगर निवासी केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदबिक्रम शाहले बताए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij