सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

हस्पिट्यालिटी नेपाल कन्टेस्टको चौथो संस्करण हुने

  • प्रकाशित मिति : सोमवार, पुस ७, २०७६



  • हस्पिट्यालिटी नेपाल कन्टेस्टको चौथो संस्करण हुने भएको छ।

    आयोजक संस्था एपी इन्टरटेनमेन्टले शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको घोषणा गरेको हो।

    पत्रकार सम्मेलनमा एपी इन्टरटेनमेन्टले शनिबारबाटै चौथो संस्करणको आवेदन खुलेको घोषणा गरेको छ।

    देशभरबाट हस्पिटालिटी क्षेत्रसँग आवद्ध युवायुवतीले आवेदन भर्न सक्ने आयोजकले जानकारी दिएको छ।

    ‘हामीले तीन वटा संस्करणलाई उत्कृष्ट ढंगबाट सम्पन्न गरिसकेका छौँ।यो संस्करण अझै बढी परिस्कृत हुने हामी दाबी गर्दछौँ।’ एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने– ‘प्रतियोगीहरुका लागि यो पटक अझै बढी अवसरहरु हामीले सृजना गरेका छौँ।’

    यस वर्षको प्रतियोगिता भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने गरी गर्न लागिएको कन्टेस्टका कार्यक्रम संयोजक संगम रेग्मीले बताए।

    पोखराबाहेक काठमाण्डौ, बुटवल र चितवनमा पनि आयोजकले ‘कलेज क्याम्पेन’ गरेर प्रतियोगीहरु ल्याउने तयारी गरेको छ।

    विभिन्न चरणको अडिसन पश्चात फाइनलका लागि देशभरबाट ३० प्रतियोगीहरु छनौट गरिनेछ।

    प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन्।

    त्योसँगै नगद पुरस्कार र अन्य विभिन्न अवसरहरु आयोजककोतर्फबाट पाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

    यसैगरी कन्टेस्टमा दोस्रो र तेस्रो हुनेले भ्रमण २०२० लक्षित आन्तरिक भ्रमण प्याकेजको साथमा नगद पुरस्कार प्राप्त गर्नेछन्।

    ‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, बार टेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङसेन्स, लिडरशिप तथा सेल्फ मार्के्टिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगायतका तालिमहरु दिइने आयोजकले बताएको छ।

    त्यस्तै आयोजकले प्रतियोगीहरुलाई पर्यटनसम्बन्धी थप जानकारी दिनका लागि पर्यटकीय गन्तब्यहरुको भ्रमण पनि गराउने बताएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij