आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धमाधम हटाइए काठमाडौंका होर्डिङ बोर्ड

  • प्रकाशित मिति : शनिबार, पुस १२, २०७६



  • ११ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न ठाउँमा राखिएको होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । महानगरले शुक्रबारदेखि प्रहरी परिचालन गरेर होर्डिङ हटाउन थालेको हो ।

    शुक्रबार माइतीघर, विजुलीबजार, नयाँ बानेश्वर, तीनकुने, सोह्रखुट्टेलगायतको क्षेत्रका होर्डिङ बोर्ड हटाइएका महानगरको प्रहरी शाखाका प्रमुख धनपति सापकोटाले जानकारी दिए ।

    होर्डिङ बोर्ड हटाउने कार्यलाई निरन्तरता दिने उनले बताए । काठमाडौंका होर्डिङ बोर्ड हटाउन ०७२ भदौ १६ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले हटाउन निर्देशन दिएको थियो ।

    महानगर क्षेत्रमा रहेका व्यवसायिक होडिङ बोर्ड, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख थियो । तर लामो समयसमम सर्वोच्चको आदेश कार्यान्वयन नभएपछि महानगरविरुद्ध अवहेलनाको मुद्दा सर्वोच्चमा दायर भएको थियो ।

    अवहेलना मुद्दा दायर भएपछि भने महानगरले सक्रियता देखाएको हो । महानगरले २ साताअघि ७ दिने अल्टिमेटम दिँदै बोर्डहरु हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको थियो ।

    विजुलीका पोलका हटेनन्

    कतिपय क्षेत्रमा महानगरको अनुमति लिएर नै होर्डिङ बोर्ड राखिएका छन् भने विजुलीका पोलमा विज्ञापन बोर्ड झुण्ड्याउन नेपाल विद्युत प्राधिकरणले अनुमति दिएको छ ।

    विजुलीका पोलमा प्राधिकरणले केही बर्षअघि टेण्डर आह्वान गरी विज्ञापन बोर्ड राख्न दिएको थियो । तर नयाँ विज्ञापन ऐन पारित भएपछि भने ती सबै गैरकानूनी भएका छन् ।
    तर शुक्रबार विजुली तथा टेलिफोनका तार टागिएका पोलहरुमा राखिएको विज्ञापन बोर्ड भने महानगरले हटाएन ।

    महानगरका मेयर विद्यासुन्दर शाक्यले अनधिकृत बोर्ड हटाउन तत्कालै शुरु गरिएको भए पनि कतिपय कानूनी प्रक्रिया पूरा गरेर राखेकाहरुलाई छलफलपछि हटाउन भनिने उनले बताए ।

    पर्चा–पम्लेट टाँस्ने पक्राउ

    महानगरले पोष्टर–पम्प्लेट टाँस्नेहरुलाई शुक्रबारदेखि पक्राउ गर्न थालेको छ छ। शुक्रबारमात्रै १० जनालाई पक्राउ परेका छन् ।

    महानगरले पर्चा–पम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चावहिललाई १० हजार र काठमाडौं जब इम्प्लोइमेण्टलाई ५ हजार जरिमाना तिराएको नगर प्रहरी प्रमुख सापकोटाले जानकारी दिए ।

    उनका अनुसार सेन्ट जेभियर्स र गोल्डेनगेट मल्टिपर्पोजलाई पनि महानगरपालिकाले पाँच–पाँच हजार जरिमाना तिराएको छ । शुक्रबार पक्राउ परेकाहरुबाट ५८ हजार रुपैयाँ जरिवाना लिइएको उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij