आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लालबन्दी नगरपालिकाले गर्‍यो घरमै पुगेर ज्येष्ठ नागरिकको सम्मान

  • प्रकाशित मिति : आइतवार, पुस १३, २०७६



  • सर्लाही, पुस १३ । लालबन्दी नगरपालिका–९ का जनप्रतिनिधिले वडाभित्रका ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर सम्मान गर्ने गरेका छन् ।

    ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर दोसल्ला ओढाई सम्मान गर्न सुरु गरिएको वडाध्यक्ष गोपालप्रसाद घिमिरले जानकारी दिए ।

    उनका अनुसार वडाभित्रका झण्डै १ सय ३० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्न जनप्रतिनिधिको टोली घरदैलोमा निस्किएको हो ।

    वडाध्यक्ष घिमिरेसहित वडा सदस्यहरु ज्येष्ठ नागरिकलाई सम्मान गर्न घरदैलोमा हिँडेका हुन् ।

    प्रेरणाको स्रोतका रुपमा रहेका ज्येष्ठ नागरिकलाई सबै मिलेर सम्मान गर्दै हेरचाह गरौं भन्ने सन्देश दिन घर–घरमै पुगेर सम्मान गरिएको वडाध्यक्ष घिमिरेले बताए ।

    निर्वाचित जनप्रतिनिधि घरमै आएर सम्मान गरेपछि ज्येष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij