सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सोल्टीमा रामकृष्ण र निलम

  • प्रकाशित मिति : आइतवार, पुस १३, २०७६



  • पौष ९ गते दिनभरी नै गायक रामकृष्ण ढकाल र उनकी श्रीमति निलम शाहको डिभोर्सको समाचारले मिडियामा राम्रो स्थन पायो । सोही दिन साँझ रामकृष्ण ढकालले आफ्नो फेसबुकमा श्रीमतीसँगको तस्वीर पोष्ट गर्दै आफूहरु एकसाथ रहेको बताए ।

    ढकालको यस्तो स्टाटसपछि उनको डिभोर्सको खबरमा ट्विष्ट आयो । अदालतमा पुगेर ढकाल दम्पत्तीले डिभोर्स गरेको खबर त सार्वजनिक भैसकेको छ । तर, पनि उनीहरुले आफूहरु एकसाथ रहेको बताइरहेका छन् । उसो भए, उनीहरुले अदालती प्रक्रियामा डिभोर्स किन गरे त भन्ने कौतुहलता उनीहरुको फ्यानमा भने छ ।

    शनिबार साँझ काठमाण्डौको सोल्टी होटलमा आयोजित ‘अ म्युजिकल जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’ कार्यक्रममा ढकाल दम्पत्ती छोरी रानीको साथमा पुगेका थिए । कार्यक्रम अवधीभर उनीहरुको जुन खालको सामिप्यता देखिएको थियो, यसले कतै पनि उनीहरुको डिभोर्स भएको छ भन्ने भान हुदैनथ्यो । मिडियाको क्यामेराले पनि ढकाल दम्पत्तीलाई नै बढी खोजे ।

    कार्यक्रममा ढकालले गायिका भोस्लेसँग गीत गाएका थिए । रामकृष्णले गीत गाइरहँदा निलम र रानीले दर्शकदिर्घाबाट साथ दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij