सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

विश्वको सबभन्दा वृद्ध गैँडाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, पुस १४, २०७६



  • बीबीसी । फाउस्टा नाम दिइएको यो गैँडा विश्वमै लामो समय बाँचेको बताइएको छ । संसारको सबभन्दा बढी उमेरको भएको ठानिएको पोथी गैँडाको तान्जनियामा ५७ वर्षको उमेरमा मृत्यु भएको छ।

    फाउस्टा नाम दिइएको इस्टर्न ब्ल्याक राइनो भनिने गैँडा ङगोरोङगोरो क्षेत्रमा सन् १९६५ मा तीन वर्षको उमेर हुँदा देखा परेको थियो। सोही क्षेत्रमा उसले ५४ वर्षसम्म स्वतन्त्र घुमफिर गरेको थियो तर वृद्धावस्थाका कारण केही वर्षदेखि विशेषज्ञको रेखदेखसहित एउटा प्राकृतिक आरक्षस्थलमा राखिएको थियो।

    फाउस्टाले कहिल्यै बच्चा जन्माएन – ङगोरोङगोरोका संरक्षणविद्हरू त्यसकै कारण फाउस्टा लामो समय बाँचेको हुनसक्ने ठान्छन्। सन् २०१६ सम्ममा फाउस्टाको आँखाको ज्योति गुम्दै गइरहेको थियो र हायनाहरूको आक्रमणबाट घाइते उसलाई त्यसबाट तङ्ग्रिन समय लागेको थियो।

    ‘हिंस्रक जनावर खासगरी हायनाहरूले उसमाथि आक्रमण गर्न थाले र उसलाई गहिरो घाउ लागे,’ ङगोरोङगोरो संरक्षण अधिकारी डा. फ्रेडी मानोन्गीले बीबीसी स्वाहीलीलाई भने। ‘हामीले सन् २०१६ देखि नै उसलाई जङ्गलबाट निकालेर विशेष रेखदेखमा राखेका थियौँ।’ उनले भने, ‘फाउस्टा मरेकै दिन अर्को गैँडा जन्मिएको छ।’

    एउटा विज्ञप्ति जारी गर्दै मानोन्गीले भने, ‘फाउस्टा संसारभरिमा सबभन्दा लामो समय बाँचेको रेकर्डले देखाउँछ।’ उसको मृत्यु डिसेम्बर २७ का दिन साँझ भएको बताइएको छ। जङ्गलमा गैँडाहरू ३७–४३ वर्षसम्म बाँच्ने गरेको र कुनै खोरमा ५० वर्षसम्म बाँचेको अभिलेख छ। इस्टर्न ब्ल्याक राइनो भनिने यो गैँडा अति खतरामा परेको जनावरको सूचीमा छ। यसको खागका लागि चोरी शिकारी गर्ने हुनाले यसको सङ्ख्या निकै कम छ। तर सङख्या बढ्दै गएको बताइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij