मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

आक्रमणमा परी १८ शान्ति सेना घाइते

  • प्रकाशित मिति : शुक्रबार, पुस २५, २०७६



  • Members of Afghan security forces cross a road as smoke billows from the site of an attack near the Afghan parliament in Kabul, Afghanistan June 22, 2015. REUTERS/Ahmad Masood

    संयुक्त राष्ट्रसंघ, पुस २५ । संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन् ।

    मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघका एकजना प्रवक्ताले जानकारी दिएका छन् ।

    ‘संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति मिसनमा पठाइएका शान्ति सेना बसेको सैन्य शिविरमा आज बिहान आक्रमण भएको खबर आएको छ । किडाल क्षेत्रको तेस्सालितमा रहेको शिविरमा आक्रमण भएको हो’–प्रवक्ता स्टेफन डुजार्रिकले भने ।

    सो मिसनमा माली र अन्तर्राष्ट्रिय सुरक्षा फौजका सुरक्षाकर्मीहरु खटिएको पनि उनले जानकारी दिए ।

    उनले प्रारम्भिक विवरणमा १८ शान्ति सेना घाइते भएको जानकारी आएको र अन्य विवरण आउनेक्रममा रहेको पनि बताए । रासस/सिन्ह्वा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij