आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बसभित्रै हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य फाल्ने व्यक्ति, १ वर्षपछि समातिए

  • प्रकाशित मिति : मङ्लबार, पुस २९, २०७६



  • काठमाडौं । १ वर्षअघि सार्वजनिक बसभित्रै हस्तमैथुन गरेर अगाडिको सिटमा बसेकी युवतीको कपालमा वीर्य फाल्ने र त्यसको भिडियो सामाजिक संजालमा अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन् । प्रहरीले आज उनलाई सार्वजनिक गरेको छ । उनलाई एक वर्षसम्मको अनुसन्धानपछि प्रहरीले अहिले पक्राउ गरेको हो । यी युवक रविन रुचाल हुन् । उनलाई सोमबार चितवनबाट पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार घटनापछि रबिन भारतका विभिन्न शहरमा लुकेर बस्दै आएका थिए । चितवन भरतपुर घर भएका रबिन घटनाको समयमा काठमाडौंको बानेश्वरमा बस्थे । उनले सामाजिक संजालमा भिडियो पोस्ट गर्नासाथ भाइरल भएको थियो । भिडियो भाइरल भएसँगै उनी भारतमा लुकेर बसेका थिए । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले भारतमा लुकेर नेपाल फर्किए लगत्तै आरोपी रुचालालाई चितवनबाट पक्राउ गरेको बताए । एसएसपी थापाका अनुसार २४ बर्षीया रुचालले २०७५ साउनमा खिचेको भिडियो त्यसको ६ महिनापछि पोस्ट गरेका थिए । चितवनको भरतपुर महानगरपालिका–२४ का स्थायी बासिन्दा रबिनले पैसा कमाउने उद्देश्यले भिडियो खिचेको बयान दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij