आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पर्यटक आकर्षित गर्न सङ्गीत सन्ध्या

  • प्रकाशित मिति : बिहिबार, माघ २, २०७६



  • काठमाडाै‌ं। नेपाल भ्रमण वर्षको अवसरमा पशुपति क्षेत्र विकास कोषले नाद सङ्गीत पाठशालासँगको सहकार्यमा मासिक रूपमा सङ्गीत सन्ध्या आयोजना गर्न थालेको छ।

    माघे सङ्क्रान्तिदेखि प्रत्येक महीनाको १ गते बेलुकी विदेशी एवं स्वदेशी पर्यटकलाई आकर्षित गर्न सङ्गीत सन्ध्या आयोजना गरेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए। सङ्गीत सन्ध्यामा भजन, भक्तिसङ्गीतका माध्यमबाट पर्यटन प्रवद्र्धन गरिने जनाइएको छ।

    सङ्गीतसन्ध्या नाद सङ्गीत पाठशाला परिसरमा आयोजना गरिने जनाइएको छ। सङ्गीत सन्ध्याका माध्यमबाट नेपालको मौलिक संस्कृति यहाँ पर्यटकलाई जानकारी गराउने कोषको लक्ष्य छ।

    अव्यवस्थित पसलटहरा हटाइँदै

    कोषले पशुपति क्षेत्रका विभिन्न स्थानमा स्वीकृति बेगर राखिएका फूललगायतका पसल हटाउने भएको छ। कोषले बुधबार सार्वजनिक सूचना जारी गरी सात दिनभित्र पशुपति क्षेत्रका वनकाली, भकुण्डोल, मृगस्थली, कैलाशडाँडा, गुह्येश्वरीलगायत क्षेत्रमा राखिएका पसल सात दिनभित्र हटाउन आह्वान गरेको हो।

    सात दिनभित्र नहटाए कानून बमोजिम कोषले नै हटाउन शुरु गर्ने सूचनामा उल्लेख छ । स्वीकृति नलिइ राखिएका पसलले पशुपति क्षेत्र आउने पर्यटकलाई असहज भएको, पवित्र धार्मिकस्थलको सौन्दर्यमा कमी आएकाले हटाउन निर्देश गरिएको जनाइएको छ।

    पञ्चदेव पछाडिका २६ पसलमात्र कोषको स्वीकृतिमा सञ्चालनमा छ । पशुपति क्षेत्रमा करीब २०० पसल टहरा बनाएर सञ्चालन गरिएकोले तीर्थयात्री एवं पर्यटकलाई हिँडडुलमा असहज हुने गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij