आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

योजनाबद्ध तरिकाले श्रीमतीको हत्या गरे

  • प्रकाशित मिति : शुक्रबार, माघ ३, २०७६



  • काठमाडौं । योजनाबद्ध तरिकाले श्रीमतीको हत्या गरेका एक व्यक्तिले हत्यापछि पुलिस अनुसन्धानबाट बच्न श्रीमतीको लाश ठेगान लगाउने प्रयास गरिरहेका थिए । यस क्रममा उनी आफैं मृत्युको मुखमा पुगेका छन् । आज तकको समाचार अनुसार घटना भारतको उत्तर प्रदेशको हो । यहाँको चित्रकुट जिल्लाका ती व्यक्ति श्रीमतीको लाश ठेगान लगाउने चक्करमा आफैं मरेका हुन् ।

    जिल्लाको कर्वी ब्लकका पूर्व ब्लक प्रमुखका नाती भरत दिवाकरले हिजो बेलुका आफ्नी श्रीमतीको हत्याको षड्यन्त्र रचे र आफ्ना सहयोगीहरुसँग मिलेर हत्या गरे । त्यसपछि उनले लाश ठेगान लगाउने पनि पूरै योजना बनाएका थिए । भरतले चित्रकुटको बरुआ बाँधमा माछा समात्ने ठेक्का लिएका छन् । हिजो बेलुका उनले आफ्ना एक सहयोगीलाई बाँधमा एउटा सानो डुंगा बाँधेर घर जान र घर पुगेपछि आफूलाई फोन गरेर जानकारी दिन भनेका थिए ।

    भरतले आफ्ना अर्का एक सहयोगी रामसेवकलाई राती बाँधनजिकै एक घरमा सुत्न भनेका थिए । राती केही मानिसहरु बाँधमा माछा चोर्न आउने भएकोले राती उनीहरुलाई पक्रन जाने भरतले रामसेवकलाई भनेका थिए । भरतले राती श्रीमतीको हत्या गरे र लाशलाई आफ्नो स्कार्पियो कारमा राखेर रामसेवकलाई लिन पुगे । रामसेवक गाडीमा लाश देखेर आत्तिए र भरतलाई सहयोग गर्न मानेनन् ।

    भरतले आफ्नी श्रीमती चरित्रहीन भएकोले आफूले मार्नुपरेको भन्दै रामसेवकलाई फकाए । त्यपछि उनी रामसेवकलाई लिएर लाश ठेगान लगाउन बरुआ बाँध पुगे । योजनाअनुसार बरुआ बाँधमा पहिल्यै एउटा डुंगा किनारमा बाँधिएको थियो । रामसेवकसँग मिलेर भरतले श्रीमतीको लाशलाई डुंगामा हाले, लाशसँग ठूला ठूला ढुंगा बाँधे र बाँधमा लाश फाल्नको लागि डुंगालाई गहिरो पानीतर्फ लिएर गए ।

    जब भरत रामसेवकसँग मिलेर लाशलाई गहिरो पानीमा खसाउँदै थिए, डुंगाको सन्तुलन बिग्रियो र भरत र रामसेवक पनि पानीमा खसे । बाँधको गहिरो पानीमा खसेका रामसेवक त जसोतसो पौडिएर बाहिर निस्के तर भरत डुंगासहित बाँधमै डुबे । पहिले त रामसेवकले फर्जी कहानी बनाएर भरतको मृत्यु भएको सूचना पुलिसलाई दिएका थिए तर जब पुलिसले कडाइका साथ सोधपुछ गर्यो रामसेवकले सबथोक बताए । पुलिसले भरत र उनकी पत्नीको लाश खोज्न बाँधमा गोताखोर परिचालन गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij