सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

अग्निसाइरका वडाध्यक्षको दुर्घटनामा मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, माघ ७, २०७६



  • सप्तरी । जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको दुर्घटनामा परी मृत्यु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका–१ का अध्यक्ष मुक्ति कार्कीको मृत्युको एक सातापछि सप्तरीले फेरि अर्का जनप्रतिनिधि गुमाएको हो ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत जण्डौल सडक खण्डमा चौधरी आफैंले चलाएको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चौधरी घाइते भएका थिए । घाइते वडाध्यक्ष चौधरीलाई उपचारका लागि कञ्चनरूपस्थित धर्मेश्वर अस्पताल पु¥याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि राजविराज पठाइएको थियो । मंगलबार बिहान थप उपचारका लागि राजविराजतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

    चौधरी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी सामुदायिक वन उपभोक्ता महासंघ, सप्तरीका पूर्वअध्यक्षसमेत थिए ।

    सप्तरीमा एक साताभित्रै दुई जना वडा अध्यक्षको मृत्यु भएको छ । यसअघि गत सोमबार राति जिल्लाको सुरुङ्गा नगरपालिका–१ का अध्यक्ष मुक्ति कार्कीको मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij