आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोरखामा गाँजा किन्ने र बेच्ने पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, माघ ७, २०७६



  • गोरखा । गोरखाको अजिरकोट गाउँपालिका-५ रातामाटाबाट अवैध लागूऔषध गाँजा बेच्ने र खरिद गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा अजिरकोट-५ का नरबहादुर नेपाली, काभ्रेको दाप्चा नगरपालिका–४ का १९ वर्षीय सागर तामाङ र चितवनको गीतानगर बस्ने २४ वर्षीय गणेश भुजेल रहेका छन् । नरबहादुर गाँजा बेच्ने व्यक्ति हुन् भने तामाङ र भुजेल गाँजा खरिदकर्ता हुन् ।

    इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट ६ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

    अनुसन्धानको क्रममा उक्त गाँजा नरबहादुरसँग खरिद गरेको खुल्न आएपछि उनलाई पनि नियन्त्रणमा लिएको अधिकारीले बताए । गाँजा खरिद गर्ने र बिक्री गर्ने तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij