प्रकाशित मिति : बिहिबार, माघ ९, २०७६
पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङलाई आफूले नभइ मुख्यमन्त्रीले झापड हान्नुपर्ने बताएका छन् । मनाङ्गेले मंगलबार मुख्यमन्त्री कप फुटबलको उद्घाटनका क्रममा गुरुङलाई झपड हानेका थिए ।
एन्फा कास्कीका अध्यक्ष गुरुङले बुधबार पत्रकारसम्मेलन गरेर मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने बताएका छन् ।
मनाङ्गेले पनि पत्रकार सम्मेलन गरेका छन् र एन्फा कास्कीका अध्यक्षमाथि भ्रष्टाचार गरेको आरोप लगाए । ‘ठगलाई मैले झपड नहानेर मैले माला लगाइदिऊँ त ?’ उनले भने, यस्तो मान्छेलाई तपाईंहरुले पनि झापड हान्ने हो, मैले पनि हान्ने हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij