प्रकाशित मिति : शुक्रबार, माघ १०, २०७६
पूर्व सहायक गृह मन्त्री टङ्क बहादुर विष्टको ९८ वर्षको उमेरमा निधन भएको छ । विष्टको बुधबार बुटवलमा उपचारको क्रममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । विष्टको विहीबार झिमरुक नदिमा श्रदाञ्जली सहित अन्तिम संस्कार गरियो ।
पञ्चायतकालमा सहायक गृह मन्त्री बनेपनि विष्ट जिल्लामा अग्रणी सामाजिक व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । त्यतिमात्र होइन विष्टले जीवनभर समाज र देशको राजनीतिक अवस्थाबारे चासो र चिन्ता व्यक्त गरिरहनुभयो ।
पछिल्लो विरामी भएर आराम गरिरहनुभएका विष्टले आफ्नो स्वास्थ्य भन्दा पनि देशको चिन्ता गरिरहनुभयो । देशको अवस्थाबारे सोधखोज गरिरहनुहुन्थ्यो, विष्टले अन्तिम समयमा पनि देशप्रतिको चिन्ता र चासो थियो ।
पछिल्लो समय स्वास्थ्य अवस्थाबारे बुझ्न र भेट्न पुग्ने व्यक्ति तथा आफन्तसँग विष्टले जहिल्यै देशको अवस्थाबारे सोधखोज गर्नुहुन्थ्यो । पछिल्लो समय सभामुख निर्वाचन प्रक्रियाबारे उहाँले सोधखोज गर्नुभयो । विष्टलाई भेट्न पुग्ने व्यक्तिले पनि जिल्ला र देशको नयाँ खवर सुनाइरहन्थे ।
विष्टले जहिल्यै स्वार्थ रहित राजनीति गर्नुपर्नेमा जोड दिदै आउनुभएको थियो । इमान्दारीता र निष्ठाको राजनीति हुनुपर्ने उहाँको भनाई थियो । उहाँले जहिल्यै सकारात्मक कुरा गर्नुहुन्थ्यो, उहाँको अनुसार नेता भनेको जनताको आशा र भरोसाको केन्द्र हुनुपर्छ ।
विष्ट पञ्चायतकालमा(२०४० देखी २०४३ सम्म) गृह सहायक मन्त्री बन्नुभएको हो । उहाँले आग्रह पुर्वाग्रह विना जिल्लाको विकासका लागि काम गरेको स्थानीय बताउँछन् । विष्ट सरल, इमान्दार, ढाँट छल नभएको नेताको रुपमा परिचित हुनुहुन्थ्यो ।
जिल्ला अस्पताल स्थापना लगायतका विभिन्न विकास निर्माणमा विष्टको योगदान रहेको छ । बिष्ट पंचायतका बेला एउटा छुट्टै पहिचान भएको राष्ट्रबादी नेताको रूपमा परीचित ब्यक्तित्व हुनुहुन्थ्यो ।
उहाँ तत्कालीन समयका प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले समेत सम्मान गर्ने एकमात्र नेता भएको तत्कालीन समयका जानकारहरुले बताउनुभयो । उहाँले सधै राष्ट्र र जन्ताको बिषयमा मात्र चिन्ता गर्नुहुन्थ्यो,कमाउने धन्दामा लागेका अहिलेका नेताहरूलाई देख्दा उहाँलाई सधै पीडा हुन्थ्यो ।
उहाँका ४ छोरा मध्ये ३ छोरा हुनुहुन्छ भने, १ छोरी हुनुहुन्छ। अहिले उहाँका ३ छोराहरु माईला, साईला र कान्छा बुवाको प्युठान घरमा किरिया गरिरहनु भएको छ,छोरी करुणा शर्मा लगायत छोरी ज्वाइँ देबिराम शर्मा समेत अहिले उहाँकै निवास प्युठानमा हुनुहुन्छ यस्ता राष्ट्रवादी नेताको स्वर्गमा बास होस शोक सन्तप्त परिवारजनमा श्री पशुपतिनाथले धैर्यधारण गर्न सक्ने क्षमता प्रदान गरुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij