प्रकाशित मिति : शनिबार, माघ ११, २०७६
नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोटमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार टिपरको ठक्करबाट रूपन्देहीको बुटवल शीतलनगर बस्ने ३५ वर्षीय भुवन केसीको निधन भएको हो ।
बा. ६७ प. ७८८२ नम्बरको मोटरसाइकलमा सवार के.सी.लाई गैंडाकोट–८, मौलाकालीका होटेल अगाडि ना १ क ८३३० नम्बरको टिप्परले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते के.सी.लाई उपचारका लागी जिल्ला अस्पताल चितवन लगिएकोमा त्यहीँ उनको निधन भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गैंडाकोट–५ का २६ वर्षीय शशि कपुर के.सी.काे अवस्था गम्भिर रहेकाे छ । उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको बताइएको छ । ठक्कर दिने टिप्पर र त्यसका चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij