प्रकाशित मिति : सोमवार, माघ १३, २०७६
नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीबाट हराइरहेका दुई युवाको शव फेला परेको छ ।
गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा माघ ३ देखि हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षीय वाङ्गेल तामाङ र काठमाडौ जोरपाटीका २० वर्षीय जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अबस्थामा फेला परेको हो ।
उद्धारका लागी गाउँपालिका मार्फत परिचालन गरिएको पर्यटक गाइड समेत रहेका तादी गाउँपालिका वडा नम्बर १ उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको उद्धारकर्मीको समूहले शव फेला पारेको हो ।
मुतकको शव परीक्षणको लागी हेलिकोप्टर मार्फत काठमाडौ पठाउन लागिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij