सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

युवा समाजसेवी शाहले गरे ३ करोड ५० लाखको जमिन दान (भिडियो सहित)

  • प्रकाशित मिति : बिहिबार, माघ १६, २०७६



  • निलम ओली, दाङ । अहिलेको परिवर्तनशिल २१ औं सताब्दीमा एउटा युवाले करिबकरिब ४ करोडको जमीन अस्पताल निर्माणका लागि स्वर्गीय बुबाको सम्झनामा दान गर्नुभएको छ ।

    तुल्सीपुर उपमहानगरपालिका ८ अस्वार निवासी स्वर्गीय भीमसेन बहादुर शाहका जेठा छोरा २८ बर्षीय अभिषेक शाहले आफ्ना बुवा भीमसेन बहादुर शाहको सम्झनामा करिब १४ कठ्ठा जमीन दान स्वरुप अस्पताल निर्माणकार्यका लागि उपलब्ध गराउनु भएको हो।

    मनका धनी दानी युवा समाजसेवी शाहका बुवा स्वर्गीय भीमसेन बहादुर शाह एउटा असल चरीत्र भएका ब्यक्तित्व हुनुहुन्थ्यो, स्थानीय युवा समाजसेवी वसन्त आचार्यको प्रेरणाले जिन्दगीमा धेरै सीकेको उहाँको भनाई छ ।

    त्यस्ता ब्यक्तित्वलाई तत्कालीन बिद्रोही माओवादीहरुले अपहरण पछि हत्या गरेको जानकारहरुको भनाई छ। त्यस्ता समाजसेवी शाहका छोराले यो करोडौं मुल्यको जमीन दान गर्नुभएको हो ।

    युबा समाजसेबी शाह भन्नुहुन्छ मेरो बुवाको सधै समाजको भलो गर्दै जिन्दगी बित्यो उहाँको ईच्छा यस्तै थियो, उहाँको आत्माले शान्ति पाउला कि भन्ने लागेर पनि यो काम गरेको हुँ भन्नुहुन्छ। कुनै पनि मान्छेले जन्मिएपछी समाजमा केही गर्नुपर्छ र कोहीले पनि समय खेर नफाली केही न केही समाजका लागि काम गर्न उहाँको आग्रह छ। यो पृथ्वीमा जन्मेपछी सबैले सम्झिने खालको काम गर्न सबैलाई उहाँको आग्रह छ। उहाँले बुबाको सम्झनामा दान गरेको जमिनमा अहिले अस्पताल निर्माणकार्य भैरहेको छ ।

    https://www.facebook.com/jaljalanews/videos/186898449057380/?t=0

    तुल्सीपुर उपमहानगरपालिका स्तरीय सो अस्पताल बनिसकेपछी तुल्सीपुर उपमहानगरपालिका भित्रका वडाहरु र पश्चिम् दाङका शान्ति नगर,बबई र दङ्गीशरण गाउँ पालीकाका जन्ताहरुले प्रत्येक्ष सेवा पाउँने छन् भन्नुहुन्छ वडा नम्बर ८ का वडाध्यक्ष बेदु के.सी.।

    https://www.facebook.com/rashtriyamedia/videos/112183293569516/

    युवा समाजसेबी अभिषेक शाह उच्च शिक्षाको लागी अस्ट्रेलिया गएर आफ्नो शिक्षा पुरा गरि आउँनु भएको हो।अहिलेको समाजमा त्यहाँ पुगेर फर्किने युवाहरु कमै छन होला, शाहको जस्तो सोच अन्य युबामा पलाएर आफ्नो देशमा केही गर्नुपर्छ भनेर लागेमा अबस्य यो देश सुन्दर शान्त नेपाल हुने निश्चित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij