सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

ससुरालीको मागले बेहुलाको सातो गयो, बिहे गर्न ठिक्क परेका युवा प्रेमिका छोडेर टाप !

  • प्रकाशित मिति : शनिबार, माघ १८, २०७६



  • काठमाडौं। बिहेको छिनोफानो गर्दा बेहुला पक्षले बेहुली पक्षसँग ठूलो परिमाणमा दाइजो मागेको त हामीले सुनेका छौं तर बेहुलीका माइती पक्षका ठूला मागहरुको बारेमा भने सुनिँदैन । तर, नाइजेरियामा आफ्नी हुनेवाली श्रीमतीका माइतीको मागले एक जना बेहुला यतिसम्म आत्तिए कि उनले बिहे नै नगर्ने निर्णय गरे । नाइजेरियाको मिडिया जीएचपेजका अनुसार एन्डरसन नामका ती युवाले आफ्नी प्रेमिकासँग उनका माइतीको माग पूरा गर्न नसक्ने बताएका छन् । उनले प्रेमिकालाई आफ्ना माइतीको माग पूरा गर्न सक्ने अर्कै केटा खोज्न पनि सुझाव दिएका छन् ।

    नाइजेरियामा बिहेका बेला बेहुलीका माइती पक्षले ‘ब्राइड प्राइस’ लिने संस्कार छ । यो संस्कार अनुसार बिहेअघि बेहुलाले बेहुलीका माइतीलाई निश्चित सामान र रकम भुक्तानी दिनुपर्छ । बेहुलीका माइतीलाई यो भुक्तानी पैसा वा वस्तु जुनसुकै रुपमा गर्न सकिन्छ । केहीले यो सबै एकै पटक दिन्छन्, केहीले किस्तामा दिन्छन् । एन्डरसनका अनुसार ब्राइड प्राइसको रुपमा उनका हुनेवाला ससुरालीले जे मागेका थिए त्यो सूची देखेर उनको होश उड्यो । त्यसपछि उनले यो परिवारमा बिहे नगर्ने निर्णय गरे ।

    एण्डरसनले ससुरालीले मागेका कुराहरुको सूचीको फोटो नै खिचेर सामाजिक संजालमा हालिदिएका छन् । सामाजिक संजालमा यो सूची निकै तीब्र गतिमा भाइरल भइरहेको छ । सामानको सूचीमा बेहुली पक्षले बेहुलीकी आमाको लागि थुप्रै सामानका साथे ठूलो रकम नगद पनि मागेका छन् । एण्डरसनकी प्रेमिका भने उनलाई बिहे नतोड्न आग्रह गरिहेकी छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij