सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

दुबईमा ज्यान गुमाएका सोम ब. ओलीको शब घरमा नआउँदा पुरा गाउँ नै शोकाकुल

  • प्रकाशित मिति : आइतवार, माघ १९, २०७६



  • बर्षात ओली, दाङ । वैदेशिक रोजगारीको सिलसिलामा बिदेशी भुमिमा मृत्यु भएका युवकको लास नआउँदा परिवारले सास्ती भोग्नु परेको छ । वैदेशिक रोजगारीमा गएका युबक भवनबाट खसेर मृत्यु हुँदा परिवारको बिचल्ली भएको छ।बबई गाउँपालीका ५ बबरपुर निवासी गंगाराम ओलीका ३५ बर्षीय छोरा सोम बहादुर ओलीको यहि माघ ५ गते काम गर्ने क्रममा दुबईमा भवनबाट खसेर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
    https://www.youtube.com/watch?v=1CkRo_k1Fgk

    मृतक सोम बहादुर ओली २०७४ साल मङसिरमा गएका थिए ओली यहीँ माघ ५ गते एउटा भवनबाट खसेर घाइते भएका थिए। उनको ११ गते उपचारका क्रममा मृत्यु भएको थियोे । बबई गाउँ पालीका ५ बबरपुर निबासी ३५ ओलीका एक छोरा एक छोरी छन् ।उनकी श्रीमती घाँस काट्न रुखमा चढेको बेला ११ महिना पहिले रुखबाट लडेर ढाड भाँचिएकोले अहिलेसम्म ओछ्यानमा नै दिसापिसाब गर्ने अबस्थामा रहेकी छन् । आर्थिक अबस्था अत्यन्तै कम्जोर भएको यो परिवारलाई धान्नका लागि उनी २ बर्ष पहिले वैदेशिक रोजगारीका लागि दुबई गएका थिए ।

    माघको ११ गते मृत्यु भएका ओलीको अहिलेसम्म लाश नेपाल आउँने कुनै संभावना नदेखिएकोले सम्बन्धित सबै संग उनको परिवारले लास ल्याउन सहयोग गरिदिन अपिल गरेको छ।यसरी एउटा नेपालीले बिदेशमा ज्यान गुमाउनु पर्दाको समयमा उस्को परिवारका बीचमा लास नल्याउन सक्ने सम्बन्धित पक्षलाई घच्कघच्याउन फेरि कुनै पक्षले आन्दोलन गर्नुपर्ने होला कि सजिलोसँग लास आउला हेर्न बाँकि छ। साथै आर्थिक सहयोगका लागि मृतकका बुबा गंगाराम ओलीले सबैलाई अनुरोध गर्नुभएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij