आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लिभ इन रिलेशनमा रहनु अघि

  • प्रकाशित मिति : बिहिबार, माघ २३, २०७६



  • Portrait of a loving couple sleeping together in bed and looking very happy - relationship concepts

    लिभ इन रिलेशनमा रहनु सामान्य जस्तै भएको छ । मन मिल्ने जोडी विवाह नगरी एकसाथ बस्ने गरेका छन् । यसरी बसिरहँदा उनीहरुबीच मत-भिन्नता भए अलग हुन सक्छन् । यदि दुबैको मन मिल्यो भने सम्बन्ध अरु प्रगाढ हुन्छ ।

    लिभ इन रिलेशनलाई कतिले विवाहको पूर्व अभ्यासको रुपमा समेत लिने गरेका छन् । लिभ इन रिलेशनमा रहँदै पार्टनरको आनीबानी, प्रवृत्ति, स्वभाव, रुची, इच्छा आदि जान्न/बुझ्न पाइन्छ । त्यसैले विवाहपछि कसरी दुबैले एकअर्कालाई स्विकार्ने भन्ने कुरा सहज हुन्छ । यद्यपि लिभ इन रिलेशनले अहिले धेरैजसो जोडीमा भने समस्या निम्त्याउने गरेको छ ।

    यद्यपि धेरैले यसलाई केवल टाइमपास र शारीरिक इच्छा पूर्तिको माध्यम मात्रै बनाउने गरेका छन् । उनीहरुको सम्बन्ध दुखद मोडमा गएर टुंगिने गरेको छ । त्यसैले लिभ इन रिलेशनमा रहनुअघि केही कुरामा ख्याल राख्नैपर्छ ।

    मित्रतापछि मात्रै लिभ इन

    लिभ इनमा बस्नुभन्दा अगाडि आफ्नो पार्टनरलाई राम्रोसँग चिनेको र बुझेको हुनुपर्छ । उसको भावुकता वा मुडको बारेमा राम्रो आँकलन हुनुपर्छ । लिभ इनमा बस्नुअघि राम्रो मित्रता कायम भएको हुनुपर्छ ।

    केटीहरुले यस मामलामा विशेष सावधानी अपनाउनु आवश्यक छ । आफ्नो पार्टनरको प्रेमलाई राम्ररी महसुस गर्नुपर्छ । यदि अलिकति मात्रै पनि सन्देह छ भने यो सम्वन्धबाट आफूलाई अलग गरिहाल्नुमा भलाई छ ।

    रिसको झोंकमा गलत कुरा

    सम्वन्धमा कहिलेकाहीँ तितोमिठो हुनु आम कुरा हो । यसले सम्वन्धमा ताजापन आउँछ र सम्वन्धलाई अझै मजबुत बनाउँछ । यस्तोमा कहिलेकाहीँ सानोतिनो असन्तुष्टीमा तपाईंले गलत कुरा बोलियो भने पार्टनरलाई नराम्रो लाग्न सक्छ । जस्तैः आफ्नै घर जाउँ, अलग हुनुपर्छ, अब मलाई तिम्रो आवश्यकता छैन, आदि । रिसको बेलामा यो याद राखौं कि पार्टनरलाई आफुप्रति पुरा भरोसा भएर नै सँगै बस्नका लागि सहमत भएको हो ।

    खर्चको व्यवस्थापन

    अहिले महंगी यति बढेको छ कि कुनै पनि जोडीका लागि राम्रो जीवनशैली बिताउन सानोतिनो आम्दानीले पुग्दैन । त्यसैले लिभ इनमा बस्नुभन्दा अगाडि नै खर्चको बाँडफाँड कसरी गर्ने भन्ने प्रष्ट खाका बनाउनुस । अक्सर पार्टनरहरुबीच खर्चको विषयलाई लिएर खटपट भएको र सम्वन्ध तोडिने अवस्थासम्म पुगेको पाइन्छ ।

    मासिक र भावनात्मकरुपमा मजबुत

    आफ्नो पार्टनरलाई राम्ररी चिन्ने र बुझ्ने उद्देश्यले लिभ इन रिलेसनसिप रोज्नुभएको छ भने आफूलाई मानसिक र भावनात्मकरुपमा मजबुत बनाउनुपर्छ । यदि सँगै बस्ने क्रममा पार्टनरको कुनै स्वभाव मन परेन भने आपसी भलाकुसारीबाट त्यसलाई सुल्झाउनुपर्छ । यसका अलावा कतिपय कमी कमजोरीलाई नजरअन्दाज गर्नुपर्ने हुन सक्छ किनभने कमजोरी नभएका कोही मान्छे पनि हुँदैनन् ।

    अलग हुन तयार

    लिभ इन रिलेसनसिपमा बस्नेवित्तिकै विवाह हुन्छ नै भन्ने ग्यारेन्टी हुँदैन । दुई जनाबीच कुनै पनि समय सम्वन्ध विग्रने र छुट्टनिुपर्ने हुन सक्छ । त्यसका लागि आफूलाई मानसिक रुपमा तयार राख्नुपर्छ । पार्टनरले आफ्नो भावनासँग खेलवाड गर्न खोजेको वा आफूलाई धोका दिन लागेको महसुस भयो भने ‘प्लान बी’ मा जानुपर्ने हुन्छ । यसको मतलब हो यो सम्वन्धलाई तोडेर नयाँ ढंगले आफ्नो जिन्दगीलाई अघि बढाउनुपर्ने हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij