आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“हात्तीपाइले रोगको सबै मिलेर निर्मुल पार्नु पर्ने”- मौलाना मसहूद

  • प्रकाशित मिति : शुक्रबार, माघ २४, २०७६



  • अजय मीश्र, कृष्णनगर कपिलवस्तु माघ २४ । कपिलवस्तुको कृष्णनगर नगरपालीका वडा नं ३ को कृष्णनगर स्वास्थ्य चौकीमा हात्तीपाइले रोग निवारण सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। अतिथि कृष्णनगर नगरपालीका वडा नं ३ का वडा अध्यक्ष सागिर अहमद खान, वडा नं २ का वडा अध्यक्ष संजय कुमार गुप्ता , कृष्णनगर स्वास्थ्य चौकी समितिका सल्लाहकार मौलाना मसहूद खाँ नेपाली, डाक्टर संकर भट्टराई रहनु भएको थियो, उक्त कार्यक्रममा हात्तीपाइले रोगको परिचय, कारण, लक्षण,कसले र कसरी सेवनगर्ने, बच्ने उपाय लगायत अन्य कुराको बारेमा स्वास्थ्यकर्मी नन्द गोपाल विश्वकर्माले प्रकाश पार्नु भएको थियोे।

    उक्त कार्यक्रममा सोही स्वास्थ्य चौकी व्यवस्थापन समितिका सल्लाहकार मौलाना मसहूद खाँ नेपालीले यो रोग सबै मिलेर निर्मुल पार्नुपर्ने, हात्तीपाइले रोगको औषधि सेवन गर्नुपर्ने र यो रोग निवारणका लागी आफ्नो तर्फबाट हुने सक्दो सहयोग गर्ने कुरा बताउनु भयो। उक्त कार्यक्रममा स्वास्थ्य, शिक्षा क्षेत्र लगायत स्थानीय गरी लगभग ४० जनाको उपस्थित रहेको थियोे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij