सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

प्रेम गरेपछि विवाह गर्नैपर्छ ?

  • प्रकाशित मिति : आइतवार, माघ २६, २०७६



  • प्रेम गरेपछि विवाह गर्नैपर्छ ? यो प्रश्नले जवाफकर्तालाई दुई कित्तामा उभ्याउँछ । एकथरी भन्छन्, प्रेम र विवाह दुई फरक कुरा हुन् । प्रेम गर्दैमा विवाह गर्नुपर्छ भन्ने छैन । अर्काथरी भन्छन्, प्रेमको अन्तिम विन्दु भनेकै विवाह हो । जब प्रेम विवाहमा रुपान्तरण हुन्छ, तब मात्र प्रेम-सम्बन्ध सार्थक हुन्छ ।

    प्रेम गर्नुको अर्थ बैंशालु सुखभोग मात्र होइन । त्यसैले जोसँग प्रेम गरिन्छ, उसालाई भावी जीवनसाथीको रुपमा हेर्ने गरिन्छ ।

    कतिपयले क्षणिक मनोरञ्जनका लागि प्रेम गरिरहेका हुनसक्छन् । अहिले त शरीरिक सम्बन्धका लागि जोडी बनाउने चलन छ । कतिले लहडमा प्रेमी/प्रेमिका बनाउँछन् । कतिले देखासेखीमा । कतिले आफ्नो सुरक्षाका लागि पनि यस्तो जोडी बाँध्ने गरेको पाइन्छ ।

    त्यसैले प्रेमी/प्रेमिकाको रुपमा जोडिन आउने जो कोहिसँग दाम्पत्य सम्बन्ध गाँस्न सकिन्छ भन्ने हुँदैन । तर, कहिले काहिँ त्यस्तै प्रेमी/प्रेमिकासँग बिवाह गर्न पुगिन्छ । र, यस्ता दाम्पत्य जीवन सुखमय र सुमधुर हुन्छ भन्ने छैन ।

    प्रेम गरिरहँदा प्रेमी/प्रेमिकासँग दाम्पत्य जीवन कसरी बिताउने भनेर चर्चा गरिन्छ । कतिले त फेमेली प्लानिङ समेत गर्न भ्याउँछन् । छोरा जन्माउने कि, छोरी ? नाम के राख्ने ? कहाँ पढाउने ? इत्यादी । हुनसक्छ, प्रेम जीवनलाई रोमान्टिक बनाउन पनि यस्ता परिकल्पनामा डुब्ने गरिन्छ ।

    पार्टनरको आनीबानी बुझ्ने कि ?

    त्यसैले प्रेम सम्बन्धमा रहेकै बेला आफ्ना प्रेमी/प्रेमिकाको आनीवानी, व्यवहार, सोच चिन्तन, उदेश्य, अपेक्षा सबै कुरा मूल्यांकन गर्न सकिन्छ । आफ्ना प्रेमी/प्रेमिकाले आफुसँग कस्तो व्यवहार गरिरहेका छन् ? आफुलाई कुन रुपमा हेरेका छन् ? त्यसबारे बुझ्नुपर्छ ।

    प्रेम आँखाबाट सुरु हुन्छ । कसैप्रतिको वाह्य आकर्षण नै प्रेममा रुपान्तरण हुने हो । जब कसैलाई प्रेमी/प्रेमिका बनाइन्छ, तब मात्र उसको असली स्वभाव थाहा हुन्छ । सुरुवाती चरणमा अरुको स्वभाव, आनीबानी थाहा पाउन सकिदैन ।

    कस्ता प्रेमी/प्रमिकासँग जीवन बिताउन सकिन्छ ?

    यदि प्रेमी/प्रेमिकाले आफ्नो हरेक कुरामा चासो रख्छ, स्वास्थ्यस्थितीमा ख्याल राख्छ, पारिवारिक कुरा जान्न उत्सुक रहन्छ, करियरका लागि सरसल्लाह दिन्छ भने उनीहरु भावी जीवनसाथीको रुपमा स्विकार्न सकिन्छ । आफ्नो व्यक्तिगत जीवनमा कुनै न कुनै रुपमा सहयोग एवं सहकार्य गर्ने, दुखसुख साझेदार गर्ने प्रेमी/प्रेमिकासँग बिवाह भएमा त्यस किसिमको दाम्पत्य सम्बन्ध सुमधुर हुन्छ ।

    आफ्नो स-सानो कुरामा ख्याल राख्ने, कस्तो लुगा सुहाउँछ/कस्तो सुहाउँदैन, के खायो, के खाएन भन्ने कुरामा यदि चासो राख्छन् र सही परामर्श दिने गरेका छन् भने त्यस्ता प्रेमी/प्रेमिका जीवनसाथीको रुपमा उपयुक्त हुन्छन् ।

    प्रेम सम्बन्धमा रहेकै बेला आफ्ना प्रेमी/प्रेमिकालाई जीवनसाथीको रुपमा स्विकार्न वा अंगाल्न सकिन्छ कि सकिदैन भनेर निक्र्यौल गर्न सकिन्छ । यतिबेला के छुट हुन्छ भने, आफ्नो जीवनमा प्रेमी/प्रेमिका मन नपरेको अवस्थामा त्यग्नका लागि कुनै कानुनी प्रावधान पुरा गरिरहनु पर्दैन । सामाजिक मिलोमेसो मिलाइरहनु पर्दैन । त्यसैले यदि आफ्ना प्रेमी वा प्रेमिकाको कतिपय प्रवृत्ति चित्त नबुझेमा ब्रेकअप गर्न सकिन्छ ।

    विवाहपछि

    बिवाह जीवनको यस्तो मोड हो, जहाँबाट गृहस्थी जीवनमा प्रवेश गरिन्छ । गृहस्थी सुखका लागि पति/पत्नीबीच आपसी समझदारी, सहकार्य, सद्भाव, प्रेम, सदिच्छा, विश्वास हुनुपर्छ । यसकारण आफ्ना पार्टनर कस्ता छन् भन्ने कुरा बिवाहअघि नै थाहा पाउनुपर्छ ।

    अक्सर प्रेम सम्बन्धमा रहँदा आफ्ना पार्टनरको आनीबानी, चालचलन, प्रवृत्ति, सोंच, चिन्तन सबै कुरा थाहा पाउन सकिन्छ । त्यसैले प्रेम सम्बन्धमा रहेकै बेला यी कुराहरु थाहा हुनुपर्छ । किनभने बिवाह गरिसकेपछि फेरी त्यस्तो अवसर पाइदैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij