प्रकाशित मिति : बुधबार, माघ २९, २०७६
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुधबार एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्कुटरको पछाडि सवार बेलबारी नगरपालिका–१ बस्ने ५९ वर्षीय दिलबहादु खड्का रहेका छन् ।पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ८६८० नम्बरको ट्रकले को४०प ११७ नम्बरको स्कुटरलाई बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित पूर्वपश्चिम राजमार्गमा ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दिलबहादुरको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । ट्रकको ठक्करबाट स्कुटर चालक सोही ठाउँ बस्ने ५५ वर्षीय नरबहादुर खड्का पनि घाइते भएका छन् ।ठक्कर दिने ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिइएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij