सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

प्रियंका र आँचललाई बिहेको चटारो

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १, २०७६



  • फागुण महिना लागेसँगै नेपाली चलचित्र क्षेत्रका २ नायिकाको बिहे चर्चा चुलिएको छ । यो महिना दुई चल्तीका नायिकाले बिहे गर्दैछन् । नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसँग बिहे गर्दैछन् । प्रियंका र आयुष्मानको बिहे फागुणको १५ गते हुने वुझिएको छ । तर, यो जोडीले भोली प्रेम दिवसको अवसर पारेर बिहे मिति सार्वजनिक गर्ने बताएको छ ।

    नायिका कार्कीले बिहेका कारण आफूले नयाँ चलचित्र साइन नगरेको बताएकी छिन् । उनी यतिबेला बिहेको तयारीमा तिव्रताका साथ लागिरहेकी छिन् ।

    प्रियंकाको बिहे भएको १४ दिनपछि अर्की नायिका आँचल शर्माको बिहे हुँदैछ । डेढ बर्षदेखि डाक्टर उदिप श्रेष्ठको प्रेममा रहेकी आँचलले फागुणको २९ गते बिहे गर्ने तयारी गरेकी छिन् । यतिबेला आँचल र उदिप पनि बिहेको तयारीमा लागेका छन् । आँचल र उदिप यतिबेला मिडिया अन्र्तवार्तामा समेत व्यस्त देखिएका छन् ।

    आँचलले पनि नयाँ चलचित्र साइन गरेकी छैनन् । उनले पनि बिहे अगाडि नयाँ प्रोजेक्टमा काम नगर्ने सुर कसेकी छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij