सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कोरोना भाइरस नियन्त्रणमा नआएपछि हुबेई प्रान्तका सरकारी अधिकारी बर्खास्त

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २, २०७६



  • Medical staff transfer a patient of a highly suspected case of a new coronavirus at the Queen Elizabeth Hospital in Hong Kong, China January 22, 2020. Picture taken January 22, 2020. cnsphoto via REUTERS. ATTENTION EDITORS - THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. CHINA OUT. TPX IMAGES OF THE DAY - RC2OLE9SIEK2

    काठमाडौं, फागुन २ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि चीनले हुबेई प्रान्तका उच्च सरकारी अधिकारीहरुलाई पदमुक्त गरेको छ ।

    पछिल्ला दिनहरुमा भाइरस प्रभावितहरुको संख्या बढ्दै गएपछि सरकारले सबैभन्दा बढी प्रभावित हुबेई प्रान्तका शीर्ष राजनीतिक नेतृत्वलाई जिम्मेवारीमुक्त बनाएको हो ।

    भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार तीन यस ६७ जना पुगेको बीबीसीले जनाएको छ । हुबेई प्रान्तको वुहान शहरबाट डिसेम्बरमा देखा परेको कोभिड नाइन्टीन भाइरसका कारण पछिल्ला दिनहरुमा करिव १५ हजार जना नयाँ संक्रमित थपिएका छन् ।

    यो सँगै कोभिड नाइन्टीनका कारण प्रभावित हुनेको संख्या ६० हजार पुगेको बताइएको छ । चीन बाहेक अन्य २५ देशमा पनि कोरोनाका बिरामी देखा परेको समाचारमा जनाइएको छ ।

    चीन बाहेक हङकङ, फिलिपिन्स र जापानमा एक एक जनाको मृत्यु भएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्लूएचओले हुबेई प्रान्तबाहेक चीनका अन्य शहरमा कोरोनाका बिरामी नभएको स्पष्ट पारेको छ । कोरानाबाट प्रभावितहरुको मृत्यु दरमा कुनै परिवर्तन नआएको पनि डब्लूएचोले जनाएको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij