सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

तपाईको यो साता ? हेर्नुहोस् साप्ताहिक ग्रहफल

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ३, २०७६



  • आज फागुन ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल

    मेष

    प्रेमिकाको सहयोग तथा उत्प्रेरणाले उचाइमा पुग्दै प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । तपाईँको क्षमताले उचित स्थान प्राप्त गरी पदोन्नतिको ढोका खोल्नेछ । विदेश भ्रमणको अवसर आइलाग्ने सम्भावना देखिन्छ । जोडी नम्बरको सवारी साधनले विशेष फाइदा पुर्‍याउन सक्छ । गणेशको आराधना गर्दा विघ्नहरू समाप्त हुनेछन् ।

    वृष

    विभिन्न परिकारमा रमाउँदै प्रेमिकासँग रसापान गरिनेछ । सानो लगानीबाट सोचेजस्तो मुनाफा हात पार्न सकिनेछ । महत्त्वपूर्ण कार्य सम्पन्न गर्दा ढिलो नगरी निर्णय दिनु उचित हुनेछ । अभिभावकको रुचिको ख्याल गर्न विलम्ब नगर्नुहोला । रोकिएका अवसरहरू फुक्का भई जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ ।

    मिथुन

    नसोचेका साथीबाट विशेष उपहार आइलाग्न सक्छ । प्रतिस्पर्धीले आफ्नो त्रुटि औल्याइदिँदा पुनस् सोही कार्यमा समय खर्चिनुपर्ने हुन्छ । भौतिक साधन खरिद गर्ने साइत जुर्न सक्छ । सरोकार नभएका कार्यले फजुल खर्च बढाउने सम्भावना छ । सामाजिक क्षेत्रमा गरिएका कार्यले प्रतिष्ठा बढाउनेछ । असहयोग, पारिवारिक परिस्थितिबाट उम्कन अझ केही समय कुर्नुपर्ने हुन सक्छ ।

    कर्कट

    आर्थिक हैरानीले सताएको क्षणबाट उम्कन प्रेमिकाले सहयोग गर्नेछिन् । अध्ययनका निम्ति विदेश जाने अवसर प्राप्त हुन सक्छ । गुप्त शत्रुले छवि बिगार्ने षड्यन्त्र गरे पनि अभिभावकको सुझाव अवलम्बन गर्दा परास्त पार्न सकिनेछ । बुधबार र बिहीबार सतर्कतापूर्वक कार्य गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।

    सिंह

    रोजगारीका निम्ति निजी तथा सरकारी क्षेत्रमा प्रतिस्पर्धा गर्दा सहजै सफलता हात पर्नेछ । फरक ढंगले जीवन शैली निर्वाह गर्ने मनोवृत्ति विकसित हुन सक्छ । अभिभावकसँग मतभेद हुँदा मन खिन्न हुनेछ । विनायोजना आकस्मिक धार्मिक यात्रामा दान–पूण्य गर्न सहभागी भइनेछ । भोजभतेरमा अनिवार्य उपस्थित हुनुपर्ने बाध्यात्मक निमन्त्रणा आइलाग्नेछ ।

    कन्या

    आलोचनालाई सकारात्मक रूपमा लिन सके सहजै उचाइमा पुगिनेछ । ससाना त्रुटिले मर्यादामा चोट पुर्‍याउन सक्छन् । हेक्का राखी कार्य सम्पादन गर्नु उचित हुन्छ । मान्यजन तथा परिवारका सदस्यले तपार्इंको लगनगाँठोको निर्धारण गर्ने सम्भावना छ, बिना हिचकिचाहट स्वीकार्नुहोला । नीलो रंगलाई प्राथमिकतामा राखे फाइदा हुनेछ ।

    तुला

    अतुलनीय उपलब्धि हात पार्न थप मेहनतको आवश्यकता पर्नेछ । मन पराउनेको सामु स्वाभाविक व्यवहार गर्दा नै उचाइमा पुगिनेछ । विदेश यात्राको सम्भावना टरेको छैन । साथीहरूसँग घुमफिर तथा गफगाफमा समय व्यतीत गर्दा प्रेमिका चिढिने सम्भावना छ । साताको अन्त्यमा रोजगारीको चिन्ताले पिरोल्न सक्छ ।

    वृश्चिक

    प्रेमी–प्रेमिकाबीचको खटपटमा मल्हम लगाउन सुनौलो रंगको उपहारको आवश्यकता पर्नेछ । हात लागेका अवसरलाई निरन्तरता दिन सके भविष्यको चिन्ता सहजै निर्मूल हुनेछ । चियोचर्चा गर्नेहरूसँग सावधानी अपनाउनुहोला । साताको अन्त्यमा सवारी साधन खरिद गर्न उत्सुक भइनेछ ।

    धनु

    यो साता मनोरञ्जनका क्रममा भेटिएका विपरीतलिंगी मित्रहरूले मन पराएको भावना व्यक्त गर्ने सम्भावना छ । साथीभाइहरूले सहयोग गर्ने तत्परता देखाउनेछन् । आफन्तबीचको भेटघाटले साता रमाइलोसँग बत्नेछ । पूर्व दिशातर्फको यात्रालाई प्राथमिक दिए नयाँ अवसर प्रशस्त भेटिनेछन् ।

    मकर

    विशेष उपहारका साथ प्रेम प्रस्ताव प्राप्त हुन सक्छ । प्रियजनसँगको भेटघाटले साता रमाइलो बनाउनेछ । मेहनतले जीवनशैलीमा परिर्वतन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । आम्दानीको दिगो स्रोत फेला पर्नुका साथै सवारी साधन जोड्ने अवसर जुट्न सक्छ । सोमबार र मंगलबार अभिभावकलाई रिझाउने प्रयत्न गर्नुहोला ।

    कुम्भ

    प्रेमिका घुमघाम गर्न लालायित भएको अवस्थालाई मध्यनजर गर्दै भ्रमणमा सहभागी भइनेछ । बोलीको प्रभावले नकरात्मक क्षण निम्त्याउन सक्छ, कम बोल्दा नै जस पाइनेछ । सामाजिक सरसफाइ तथा टोल सुधारको कार्यक्रममा समय खर्चनुपर्ने हुन्छ । सवारी साधन चलाउँदा संयमित रहनुहोला ।

    मीन

    सुनौलो रंगको पहिरनले कार्य सम्पन्न गर्न सहज महसुस हुनेछ । मन पराउनेले घुमाउरो भाषा प्रयोग गरी प्रेम प्रस्ताव राख्दा मुटुको धड्कन बढ्न सक्छ, संयमता अपनाउनुहोला । हेलचेक्र्याइँ गरी यात्रा गर्दा आर्थिक नोक्सानीको थप भार पर्नेछ । नयाँ कार्य सफल पार्न खर्च र मेहनतको जरुरत पर्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij