प्रकाशित मिति : आइतवार, फाल्गुन ४, २०७६
काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफले १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई आइतबार नगद पुरस्कार सहित सम्मान गरेको छ ।
एपीएफले आइतबार प्रधान कार्यालय हल्चोकमा पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरेको हो । सागमा एपीएफमा खेलाडीले आठ स्वर्ण, १५ रजत र २२ कांस्यगरी कूल ४५ पदक जितेका थिए ।
एपीएफले एकलतर्फ स्वर्ण पदक जित्ने खेलाडीलाई एक लाख, रजत पदक विजेतालाई ५० हजार रुपैयाँ र कांस्य पदक विजेतालाई २५ हजार रुपैयाँ सहित सम्मान गरेको हो ।
टिम स्पर्धामा स्वर्ण विजेतालाई ५० हजार, रजत विजेतालाई २५ हजार र कांस्य पदक विजेतालाई १५ हजार रुपैयाँ प्रदान गरेको छ । खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij