आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महाशिवरात्रिमा ११७ वर्षपछि शनि र शुक्रको दुर्लभ योग

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९, २०७६



  • आज शिवरात्रि हो । आजको दिन ११७ वर्षपछि शनि र शुक्रको दुर्लभ योग बनिरहेको छ । भारतका ज्योतिषाचार्य पं, मनिष शर्माका अनुसार शिवरात्रिमा शनि आफ्नो घरराशि मकरमा र शुक्र आफ्नो उच्च राशि मीनमा रहेको छ ।

    यो दुईवटै ठूला राशि शिवरात्रिमा यस्तो स्थितीमा रहनु दुर्लभ योग हो ।

    यो भन्दा पहिले सन् १९०३ को फेब्रअरी २५ मा यस्तो योग बनेको थियो ।

    पं. शर्माका अनुसार शिवरात्रिमा गुरु पनि आफ्नो स्वराशि धनु राशिमा रहन्छन् । २१ फेब्रअरीको सर्वार्थ सिद्धि योग पनि पर्नेछ । पूजाआजा र नयाँ कामको सुरुवातको लागि यो समय निकै शुभ मानिन्छ ।

    यस दिन शनि चन्द्रको विष योग बन्छ । यो दुवै ग्रह मकर राशिमा रहन्छन् । बुध र सूर्य कुम्भ राशिमा एक साथ रहन्छन् । जसले बुध–आदित्य योग बन्छ । यो दिन मिथुन राशिमा राहु र धनु राशिमा केतु रहन्छ । शेष सबै ग्रहको राहु–केतुको बीचमा रहन्छन् । जसले सर्प योग बन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij