सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १०, २०७६



  • मेष

    मनोरञ्जन तथा उपहार प्राप्त गर्न पाइनेछ । मित्रको सहयोगबाट हौसला प्राप्त हुनेछ । समय अनुकूल छ । आफूसँग भएका क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । धन लाभ होला । अभिभावकबाट प्राप्त सुझावले अधुरा कार्य पूर्ण गर्न सहयोग पुग्नेछ । साताको अन्त्यमा परोपकार कार्यमा रुचि बढ्नेछ ।

    वृष

    रचनात्मक कार्यद्वारा अरूको मन जित्न सक्नुहुनेछ । सेतो वस्त्रको पहिरनले नसोचेको परिणाम हात लाग्नेछ । नयाँ अनुहारका मित्रले तपाईंलाई खुलेर प्रशंसा गर्ने छन् । विदेश भ्रमणको अवसर आइलाग्न सक्छ । मेहनतबाट गरिएका कार्यले उचित स्थान प्राप्त गरी पदोन्नतिको ढोका खोल्नेछ ।

    मिथुन

    तपाईंको व्यक्तित्व मन पराउनाले उपहारसहित भेट्न आउन सक्छन् । दुविधा हँुदाहुँदै पनि उचित मार्ग पहिचान गर्न सक्नुहुनेछ । धन लाभ होला । विपक्षी मित्रहरूले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि आफूलाई फाइदा नै पुग्नेछ । नसोचेको जिम्मेवारी आइलाग्नाले उत्साहपूर्वक कार्य सम्पन्न गरिनेछ ।

    कर्कट

    सामाजिक क्षेत्रमा कार्य गर्ने अवसर मिल्नेछ । जटिल कार्यद्वारा प्रतिष्ठा प्राप्त हुनेछ । नयाँ स्थानहरूको भ्रमण गर्नाले खर्च वृद्धि हुने परिस्थितिमा आवश्यक खर्चको जोहो गर्नुपर्नेछ । मन पराउने साथीले दोहोरो कुरा गरी नैराश्यता उत्पन्न गराउन सक्छन्, ढिलो नगरी निर्णय गर्दा लाभ पुग्न सक्छ ।

    सिंह

    छोटो समयमा परिचित साथीहरूसँग मनोरञ्जन तथा यात्रा गर्ने अवसर जुर्नेछ । लेखन तथा प्रभावशाली कार्यले उचित स्थान पाउनेछ । स्वास्थ्यमा गडबडी आउन सक्छ । सञ्चित धन खर्च गरी आभूषण गहना खरिद गर्न पारिवारिक मत मिल्नेछ । धार्मिक तथा सामाजिक क्षेत्रमा गरेका कार्यबाट प्रतिष्ठा प्राप्त हुनेछ ।

    कन्या

    मन पराउने साथीको दोहोरो मनस्थिति भएकाले मन खोलेर कुरा गर्न सकेका छैनन् । आफूले गरेका प्रयत्न परिणाममुखी हुनेछ । कार्य सञ्चालनमा आइलागेका बाधाहरू फुकुवा हुनेछन् । सरोकार नभएका कार्यले फजुल खर्च बढाउनेछ । भौतिक साधन खरिद गर्ने अवसर मिल्नेछ, ढिलो निर्णाय नगर्नुहोला ।

    तुला

    अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । होसियारपूर्वक गरेका कार्यबाट पर्याप्त दाम आर्जन गर्न सकिनेछ । काममा सफलता मिल्ला । रोजगारीका नौला अवसर प्राप्त हुनेछन् । सेतो रंगको पहिरनले परिणाम नजिक पुग्न मद्दत गर्नेछ । विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला ।

    वृश्चिक

    द्रुत गतिमा गरेका कार्यले नै उचाइमा पुर्‍याउनेछ । नयाँ रोजगारीको क्षेत्रमा प्रतिस्पर्धाद्वारा सोचेजस्तो परिणाम हात पर्नेछ । विपरीतलिंगीबाट नौला प्रस्ताव आउन सक्छन् । खानपानको समयतालिका फेरबदल भई स्वास्थ्य बाधाले सताउन सक्छ । साताको अन्त्यमा अवरोध निर्मूल भई प्रेरणादायक कार्य सम्पन्न हुनेछ ।

    धनु

    प्रतिस्पर्धीहरू सक्रिय हुनाले चनाखो रहनुहोला । अभिभावकको रुचिको ख्याल गर्दै आफ्ना प्रस्ताव राख्नुहोला । धार्मिक कार्यहरूद्वारा मानसिक राहत महसुस हुनेछ । नसोचेको जिम्मेवारी आइलाग्नाले विचार पुर्‍याए अवसर मिल्नेछ । सोमबार र मंगलबार सतर्कतापूर्वक कार्य सम्पन्न गरे उचितहोला ।

    मकर

    आलस्यता उत्पन्न भई दैनिक कार्य ओझेलमा पर्न सक्छन् । साथीहरूले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । खानपान तथा मनोरञ्जनतर्फ संयम रहनु नै बेस होला । प्रेमिकाको घुम्न जाने प्रस्ताव स्विकार्दा अविस्मरणीय क्षण बन्नेछ । साताको अन्त्यतर्फ आर्थिक भारको महसुस हुन गई सापटीको चपेटामा पर्न सकिन्छ ।

    कुम्भ

    पाहुनासँग रमाउँदै विशेष परिकारको आनन्द लिन पाइनेछ । पहिरनले अरूको मन लोभ्याउन सकिनेछ । दिगो लगानीले गतिलो आम्दानी हात लाग्नेछ । रोकिएका कार्यमा पुनस् प्रयत्न गर्दा सफलता मिल्नेछ । विपक्षीले ससाना त्रुटि आंैल्याउन सक्छन्, ध्यान दिनु नै उचित हुनेछ । साताको अन्त्यतिर फजुल खर्चले पिरोल्नेछ ।

    मीन

    सहयोगका हात बढ्नाले आर्थिक हैरानी बेहोर्नुपर्नेछैन । प्रेमिकाको सहयोग र सद्भावबाट नै उचाइमा पुग्न सकिनेछ । विशिष्ट व्यक्तिसँगको समागमले नौला कुरा सिक्ने अवसर मिल्नेछ । अध्ययनका क्रममा विदेश जाने अवसर जुट्नेछ । खराब आचरण हुनेहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउन गोपनीयतामा हेक्का राख्नुहोला ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij