आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भक्तपुरमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १२, २०७६



  • भक्तपुर : भक्तपुरमा एक जना पैदल यात्रीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । सोमबार कमलबिनायक–१० का तिलक मकाजुलाई निशान ट्रकले ठक्करबाट गम्भीर घाइते भएका बि.एण्ड बि अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणी जाँदै गरेको बा ३ क ३५८८ नम्बरको ट्रकले पैदल यात्री मकाजुलाई ठक्कर दिएको थियो ।

    ट्रकको ठक्करबाट घाइते भएका मकाजुलाई प्रहरीको सहयोगमा जनस्वास्थ्य सेवा केन्द्र भक्तपुर लगिएको र त्यहाँबाट थप उपचारको लागि बि.एण्ड.बि अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा राति ११ः३० मा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीले दुर्घटना गराउने सवारी साधन र सवारी चालक रोल्पा रुम्तीगढी गाउँपालिका–१ घर भएका २६ वर्षीय शुरेश मगरलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ ।

    रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij