सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

तरुण दल बझाङका अध्यक्ष मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ७, २०७६



  • बझाङ । तरुण दल बझाङका अध्यक्ष बिष्णु ऐडी सवार मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बिहिबार छविस पाथिभेरा गाउँपालिकाको भाँडे बजारबाट श्रीमती र ३ वर्षीय छोरा सँगै घर जाने क्रममा खोलागाडा भन्ने ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा उनकी श्रीमती उजला ऐडीको मृत्यु भएको हो ।

    छविसपाथिभेरा गाउँपालिकामा पर्ने भाँडेबजारबाट भे.न.पा. ६७८१ नम्बरको मोटरसाइकलमा परिवारसहित घरतर्फ जाने क्रममा खोलागाडा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
    मोटरसाइकल दुर्घटनाबाट उजला ऐडीको मृत्यृ भएको र घाइते अध्यक्ष ऐडि र उनका छोराको अवस्था भने सामान्य रहेको जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले बताए । घाइते दुवैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij