सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, चैत्र १२, २०७६



  • काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८, जगातीमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते छन् ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भई भक्तपुर कमलविनायक बस्दै आएका २८ वर्षीय उत्तरबहादुर तामाङ छन् ।

    जिल्ला प्रहरी कार्यालय, भक्तपुरका डीएसपी दिपक गिरीका अनुसार घाइते हुनेमा तामाङको डा. ईवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    उनका अनुसार घाइते सिन्धुपाल्चोक घर भइ कमलविनायक बस्ने २८ वर्षीय आकाश तामाङको केएमसी अस्पताल, सिनामंगलमा उपचार भइरहेको छ भने ११ वर्षीया कोलसङ डोल्मा तामाङ उपचारपछि डिस्चार्ज भइसकेकी छन् ।

    गएराति ९ः१० बजे बस पकेट नजिकै अरनीको राजमार्गमा रोकी राखेको ना ६ ख ११०३ नम्बरको ट्रकमा सूर्यविनायकबाट साँगातर्फ जाँदै गरेको बा ९० प ४०४० नम्बरको मोटरसाइकल ठोक्किँदा घटना भएको हो ।

    दुवै सवारी साधन र ट्रक चालक चितवनका २६ वर्षीय दुर्गाबहादुर तामाङलाई महानगरीय प्रहरी वृत्त, जगातीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान जारी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij