सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पुमाभिरको जङ्गलमा लागेको आगो नियन्त्रणमा आएन

  • प्रकाशित मिति : बुधबार, चैत्र २६, २०७६



  • लमजुङ । दक्षिण एशियाकै नमूना घलेगाउँ जाने बाटो नजीकै बेँसीशहर नगरपालिका–६ स्थित पुमाभिर जङ्गलमा मङ्गलबार राति ८ः०० बजेदेखि आगलागी भएको आजसम्म नियन्त्रणमा आउन सकेको छैन । हालसम्म १७ हेक्टर क्षेक्रफलमा आगलागी भइसकेको र आजसम्म पनि आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमबहादुर पुनले बताए ।

    आगलागी भएको करीब २० घण्टा हुँदासमेत आगो निभेको छैन । उक्त जङ्गलमा आगलागी भएको खबरपछि प्रहरी मङ्गलबार नै पुगेको थियो तर ठूलो आगलागी भएका कारण र स्थानीयवासी कोही त्यहाँ नआएपछि वडाध्यक्षलाई खबर गरेर प्रहरी फर्किएको उनको भनाइ छ । प्रहरीका अनुसार अझै केही हेक्टर क्षेत्रफलसम्म आगलागी हुनेछ । सो जङ्गल वरिपरि कुनै बस्ती नभएकाले आगो नियन्त्रणको प्रयास कसैबाट नभएको र बस्तीतिर आउन लागेमा मात्र आगो निभाउने प्रयास गरिने वडाध्यक्ष भोजबहादुर रिमालले बताए ।

    त्यस्तै मङ्गलबार राति राइनास नगरपालिकास्थित भलायोखर्कको जङ्गलमा आगलागी भएको र सो आगो राति १२ः०० बजे नियन्त्रणमा आएको प्रहरीको भनाइ छ । यस भिरमा कति क्षेक्रफलमा आगलागी भएको यकिन भने आइनसकेको प्रहरीको भनाइ छ । केही दिनअघि सुन्दरबजार नगरपालिका–१ कुन्छा नजीकैको एक जङ्गलमा आगलागी हुँदा १५ हेक्टर वन सखाप भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij