आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोनाभाइरसलाई जितेर फर्केकी कनिका कपूरको संकट घटेन

  • प्रकाशित मिति : बिहिबार, चैत्र २७, २०७६



  • काठमाडौं। बलिउड अभिनेत्री कनिका कपूर कोरोनाभाइरसलाई जितेर स्वस्थ भइ घर फर्किएकी छिन् तर उनीमाथिको संकट भने घटेको छैन । अस्पतालबाट डिस्चार्ज भएकी कनिका अहिले १४ दिनको होम क्वारेन्टाइनमा छिन् । १४ दिनको क्वारेन्टाइन अवधि समाप्त भएपछि उनीमाथि जानीजानी कोरोनाभाइरस फैलाएको आरोपमाथि अनुसन्धान सुरु हुनेछ । यसका लागि लखनउ पुलिसले सोधपुछको तयारी गरेको छ । कनिकाविरुद्ध भाइरस फैलाएको अभियोगमा भारतीय दण्ड विधानको धारा २६९–२७० अन्तर्गत केस दर्ता गरिएको छ ।

    कनिकाले आफू संक्रमित भएको पुष्टि हुनुअघि नै आफूमा लक्षण देखिएको इन्स्टाग्राममा बताउकी थिइन् तर पछि त्यो पोस्ट डिलिट गरेकी थिइन् । ‘विमानस्थलमा मेरो १० दिन पहिले सामान्य प्रक्रियामा जाँच भएको थियो । जब म घर आएँ ४ दिन पहिले मलाई लक्षण महसुस भए । अहिले म ठिक छु’ कनिकाले लखेकी थिइन् । यो पोस्ट पछि डिलिट गरेकी कनिकामाथि यही कारण लापरवाही गरेको आरोप लगाइएको छ । यो अवधिमा कनिका कैयौं पार्टीमा पनि गएकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij