आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काङ्ग्रेस नेता डाँगीले गरे श्वर्गद्वारी पुगेर सामान हस्तान्तरण

  • प्रकाशित मिति : आइतवार, चैत्र ३०, २०७६



  • बिनिता शर्मा,प्युठान। विश्वभरी महामारीको रूपमा COVID-19 कोरोना भाइरसले मानव सभ्यतामा असर पारी सकेपछि, त्यसको प्रभाव नेपालमा पनि परेको छ । २० दिन देखि संसार भर लकडाउन गरेको छ । पर्याप्त मास्क , औसधि सबै स्थानमा नपाएको अवस्थामा स्वर्गद्वारी आश्रम प्युठानको स्वर्गद्वारीमा मास्क लगायतका सामग्रीको अभाव भएको सूचना पाउने बित्तिकै, घोराही उपमहानगर पालिका १५ निबासी समाजसेवी एबं नेपाली काङ्ग्रेसका नेता भुप बहादुर डाँगी र घोराही उपमहानगरपालिका १५ एफ. एम. रोड निवासी युवा समाजसेबी उपेन्द्र शर्माले आज बिहान पुण्यभुमी स्वर्गद्वारी मन्दिर प्युठानमा पुगेर आश्रमका गुरु तामु प्रसाद न्यौपाने (देउता) र बाबुराम न्यौपानेलाई फिल्टर मास्क २५० पिस, सेनिटाइजर सानो ठूलो गरी २३० बोत्तल र साबुन २०० पिस हस्तान्तरण गरिएको युवा समाजसेवी उपेन्द्र शर्माले जानकारी दिनु भएको छ ।

    यो महामारीको बेलामा आश्रममा जे कुराको आवस्यकता पर्छ तत्काल आफुलाई फोन गर्न कांग्रेस नेता डाङीले वचनबद्ध गरेर आएको बताउनु भयो । उता श्वर्गद्वारी आश्रम प्युठानका गुरु तामु प्रसाद न्यौपानेलेयस्ता सामग्री बोकेर पहिलो पटक आश्रममा आउने डाँगी र शर्मालाई धन्यवाद दिनुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij