सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

लक डाउनका बेला बाहिर निस्केकी एक महिलाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, बैशाख १, २०७७



  • सप्तरीमा लक डाउनका बेला बाहिर निस्केकी एक महिलाको मृत्यु भएको छ।

    सोमबार बिहान खडक नगरपालिकामा प्रहरीले लक डाउन उल्लंघन नगर्नुस् भनेर सम्झाउँदै गर्दा ६५ वर्षीया जैनव खातुन ढलेकी थिइन्।

    प्रहरीले तत्कालै उनलाई स्थानीय अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईंले जानकारी दिए।

    ‘प्रहरी गस्ती गइरहेको अवस्थामा केहीले लकडाउन उल्लंघन गरेको देखेपछि उनीहरूलाई यसो गर्न भएन भन्दै थिए,’ एसपीले भने,’त्यही क्रममा प्रहरीलाई देखेर वा यत्तिकै हुन सक्छ एक वृद्ध महिला ढलिन्।’

    उनलाई सगरमाथा अञ्चल अस्पताल पुर्‍याउँदा हृदयघातका कारण मृत्यु भएको घोषणा गरेको एसपी प्रसाईले बताए।

    ‘उनी दम र मुटुकी रोगी पनि थिइन्,’ उनले भने,’अस्पतालका डाक्टर अनुसार हृदयघात भएको भनेका छन्।’

    स्थानीयले भने प्रहरीको लाठी लागेर जैनव कुजरनी घाइते भएको बताएका छन्।

    लकडाउन उल्लघंन गरेको भन्दै प्रहरीले घर घरमा गई लाठी चार्ज गर्दा मृतक जैनवलाई समेत लाठी लागेको र उपचारको क्रममा मृत्यु भएको आफूले जानकारी पाएको खड्क नगरपालिकाका प्रमुख हिमायु हकले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij