प्रकाशित मिति : सोमवार, बैशाख १, २०७७
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १मा एक युवकको शव फेला परेको छ।
सोमबार बिहान १९ वर्षीय सुरज कुमार साहको शव फेला परेको हो। उनी त्यहाँकै स्थानीय रहेको प्रहरीले जनाएको छ।
बिहान साढे पाँच बजे प्रहरीले खबर पाएपछि घटनास्थलमा पुगेको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनको हत्या भएको हुनसक्ने प्ररम्भिक अनुसन्धानले देखाएको छ।
‘हत्या गरिएको देखिन्छ। टाउको र अन्य ठाउँमा चोटपटक लागेको छ,’ एसपी कृष्ण प्रसाइले भने, ‘थप अनुसन्धान गरिरहेका छौं।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij