सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सरकारी निर्देशन बिपरित युवानेता भण्डारी र ज्ञानेन्द्र शाहीले बाँडे लाखौं राहत

  • प्रकाशित मिति : आइतवार, बैशाख ७, २०७७



  • मधुकर पाण्डे, काठमाडौ । सरकारी निर्देशन बिपरित नेपाली कांग्रेसका युवानेता क्षीतीज भण्डारी र नेपालीका लागि नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले ललितपुरमा लाखौंको राहत बाँडेका छन् । नेपाल सरकारले लक डाउन अवधिमा सरकारको एकद्वार नीति अपनाउदै , आफुखुशी राहत बाँडने रोक लगाउँदै यस्तो गर्नेलाई कार्वाही हुने बताएपनि भण्डारी र शाही गाडी लिएर समर्थकहरु सहित मजदुर र बिपन्नलाई राहत बाँडन हिडेका थिए । यो सन्दर्भ ज्ञानेन्द्र शाही भन्छ्न हामीले सि डि ओ, एस पी सबैलाई गुहारीयो वार्ड कार्यालय समेत बन्द भएकोले सुनकोठीदेखि महाराजगंजसम्म विभिन्न सहयोगदाताले दिएको खाद्यान्न नाम टिपाएकालाई जबर्जस्ति बितरण गरियो ।

    जनता भोकभोकै हुँदा पनि कसैले नहेरेपछी यो कदम उठाउन आफुहरु बाद्य्य भएको शाहीको दाबी छ । कांग्रेस युवानेता भण्डारी भन्छ्न कोरोना महामारी नियन्त्रण विश्व कै चुनौति बनेको परिपेक्ष्यमा सरकारले मात्र सबैथोग गर्न सक्दैन, त्यसैले चन्दा नउठाईकन आफ्नो श्रोतसाधनले सहयोग गर्नेलाई अपराधी होईन समाजसेवि भनिन्छ। उहाँले सातै प्रदेशवासी स्वास्थ्यकर्मी, कर्मचारी, चालक, सुरक्षाकर्मी र सचारकर्मीहरुलाई १करोडको बिमा र सम्मान कार्यक्रम चलाउन समेत आग्रह समेत गरेका छन् ।

    काठमाडौ मेडिकल कलेजका संचालक समेत रहेका भण्डारी भन्छन, कोहि नेपाली भोका नरहुन भन्ने उदेश्यले नाम टिपाउनु भएका दलित, जनजाति र राना-थारु समुदायका कैलाली, कन्चनपुर, बाँके बर्दिया, दैलेख, गुल्मी दाङ र पश्चिम पहाडहरु अनि सोलु, पाँचथर, उदयपुरबाट काठमाडौ मजदुरीगर्न आएका तर सरकारी निर्देशन मानेर भोकै पर्खी बसेका बिपन्न बर्गका मजदुर दाजुभाई दिदिबहिनीलाई हाम्रो प्रयासमा सानो सहयोग गरियो ।

    नेपाल सरकारको एकद्वार नीतिले राहतको पहुँच र प्रक्रियामा समेटन नसकिएका यी मजदुरका नेताहरु आज प्रधानमन्त्रीको सल्लाहकार र मन्त्री भै रहँदा पनि अलपत्र र भोकै ज्यालादारी मजदुरमद्य्ये सकेकोलाई “सेवा दिनु नै धर्म हो” भन्दै कानुनी कार्वाहीको घिनलाग्दो अवस्थाका बिच पनि उद्दारको सट्टा दुबैखाले राहत बितरण गरियो । सो कार्यमा नेपाल पत्रकार महासंघका नेता लोकेन्द्र भट्ट र नेपाल मेडिकल काउन्सिल पुर्ब सदस्य भिम चन्द र समाजसेवी ज्योतेन्द्रजङ्ग लामिछानेले अनुगमन तथा सँयोजनमा गरेका थिए । भण्डारीका अनुसार बुढानिलकण्ठ, टिचिङ्ग अस्पताल, लैनचौर आसपासको भवन निर्माणमा खटिएका मजदुरलाई १५ दिन पुग्ने खाद्यान्न बितरण कार्य गर्यो ।

    जसमध्ये कैलालीको घोडाघोडी नगरपालिकाबाट टिचिङ्ग आएर मर्कामा परेका बिरामीका आफन्तले किचन अभावमा खाद्यान्नहरु काम नलाग्ने बताएपछि क्यान्टिनमा खान अस्पताल नै पुगेर नगद समेत दिईयो र डाक्टरहरुलाई छिटो अप्रेसन सहयोगगर्न लगाउने पहलकदमी गरियो । यी विभिन्न सहयोगको स्थान र समयको बारे नेकपा र कांग्रेसको केन्द्रीय नेतृत्वलाई समेत पुर्ब जानकारी गराई निष्पक्ष रुपमा बितरण गरिएको उहाँको दाबी छ । युवानेता भण्डारी नेतृत्वमा विभिन्न जिल्लाका २१ जना भन्दा बढीलाई १२०केजि चामल, १६केजि गेडागुडी, १६लिटर तेल, मनग्ये चिउरा, भुटेको चना, मसला, नुन, चिनी,हल्दी, खुर्सानी, मिनरल वाटर, सेनिटाईजर, मास्क, पन्जा र औषधिहरुको राहत बितरण गरिएको स्थानीय वार्ड कार्यालयले जनाएका छन् ।

    अभियन्ता ज्ञानेन्द्र शाही भन्छ्न, आज कोरोना पोजेटिभ पुष्टि भए लगतै केन्द्र र प्रदेश सरकार, स्थानीय सरकारबीच गहन समन्वय अभाव भै कोरोना बढीरहेको छ । कोरोना पाइएको क्षेत्रलाई शिल गरि अन्य व्यक्तिमा समेत कोरोना सरेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै बिश्वशनिय मास टेस्टिङ्गको प्रक्रिया शुरु गर्दै निष्पक्ष राहत बितरण नियमित र खुला गर्न शाहिले माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij