प्रकाशित मिति : सोमवार, बैशाख ८, २०७७
रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा कृषि एम्बुलेन्स संचालनमा ल्याइएको छ । कृषि एम्बुलेन्सकाे प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरति पाैडेललेे शुभारम्भ गर्नु भएको थियो । किसानहरुको उत्साहलाई मर्न नदिन र उपभोक्ताको सहजताको लागि उक्त कृषि एम्बुलेन्स संचालनमा ल्याएको देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले बताउनुभयो ।प्रदेश सरकारले घोषणा गरेको भुमी ब्यवस्था, कृषि तथा सरकारि कार्यालय मार्फत देवदह नगरपालिकाले उक्त कृषि एम्बुलेन्स संचालनमा ल्याएको हो ।
बजार सुनिश्चितताको लागि देवदह नगरपालिकाले भारतीय तथा बाह्य तरकारीलाई प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । बिशेषता देवदहनगर भित्र तरकारी,दूध,अन्नबाली,मक्षपालन,कुखुरापालन,बाख्रापालन लगायत कृषि उत्पादनमा ब्यवसायिक रुपमा अगाडि बढेको भएपनि हाल भैरहेको तरकारी उत्पादन र त्यसको बजारीकरणमा समस्या देखीयको हुदा कृषि शाखाका सम्पुर्ण प्राबिधिकलाई राखी बजार ब्यवस्थापनका सन्दर्भमा गम्भीर छलफल गरि हाललाइ भारतिय तथा बाह्य ठाउँबाट आयातीत तरकारी प्रतिबन्ध गरि नगर भित्रै बजारको सुनिश्चितता गर्ने निर्णय गरेको थियो।

त्यसका लागि आयातित तरकारीलाई नगर क्षेत्र भित्र बिक्री बितरण गर्न र नगर बाहिर माग भएका ठाउँमा तरकारीलाई पुर्याउनको निमित्त प्रदेशले घोषणा गरेको कृषि एम्बुलेन्स मार्फत किसानहरुलाइ सौलियत प्रदान गर्ने निर्णय गरेको थियो सोही अनुरुप आज कृषि एम्बुलेन्स पनि देवदह नगरपालिकाले संचालमा ल्याएको छ ।साथै कृषि उत्पादनमा लाग्नु भएका सबै किसानहरुलाइ कोरोना संक्रमणको महामारी बाट बच्नको लागि सामाजिक दुरि कायम गर्दै उच्च मनोबलका साथ उत्पादन क्षेत्रमा लाग्न देवदह नगरपालिकाले आग्रह समेत गरेको छ र उत्पादित कृषि जन्य प्रदार्थको बजार सुनिश्चितता लागि र लकडाउनका कारणले कृषि उत्पादनमा भएको क्षतिलाइ सम्बोधन हुने गरि स्थानीय सरकारले पनि ठोस कार्यक्रम र योजना बनाउने साधै संघीय र प्रदेश सरकारलाई पनि बिशेष ध्यानाकर्षण गराउनका निम्ति नगरपालिकाले अग्रसर्ता लिने नगरप्रमुख हिरा बहादुर खत्रीले बताउनु भयो ।

सोही सन्दर्भमा ब्यवसायिक रुपमा तरकारी उत्पादनमा लागेका किसानहरुको तरकारी खेती प्रदेश न.५ का भुमी ब्यवस्था कृषि तथा सरकारि मन्त्री आरती पौडेल,नगर प्रमुख हिरा बहादुर खत्री,उपप्रमुख बिद्यालक्ष्मी गुरुङ,प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कडेंल,नगर प्रबक्ता तथा देवदह नगरपालिका वार्ड न.५ का वडा अध्यक्ष झिल्लु प्रसाद न्यौपाने र कृषि शाखाका प्राबिधिकहरुले स्थलगत अध्ययन र अबलोकन गरि कृषकहरु सगं संवाद र छलफल गर्नु भएको थियो।साथै निर्धक्कका साथ उत्पादनमा लाग्न किसानहरुलाइ प्रोत्साहित गदै बजारको सुनिश्चितता नगरपालिकाले गर्ने बिश्वास दिलाउदा किसानहरु उत्साहित भएका छन।साथै आजको बैठकले धानको बीउ मागको आधारमा ५०% अनुदानमा किशानहरुलाइ उपलब्ध गराउने गरि बिउको मागका लागि सुचना प्रकाशन गरेको छ। आवश्यक मलखाद (DAP) र युरिया समयमै किशानहरुलाइ उपलब्ध हुने गरि ब्यवस्था मिलाउन प्रदेश र संघीय सरकारलाई आग्रह गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij