प्रकाशित मिति : बुधबार, बैशाख १०, २०७७
काठमाडौंबाट मजदुर बोकेर दोलखाको जखे जाँदै गरेको बस रामेछापको कुनौरीमा दुर्घटना भएको छ।
बा २ ख ६८१८ नम्बरको बस आज बिहान ४ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जिल्लाका डिएसपी बसन्त पाठकका अनुसार सो बसमा चालक, सहचालकसहित ३९ व्यक्ति सवार दिए।
घटनामा उनले एकजनाको हात फ्याक्चर हुनुबाहेक अन्य कोही गम्भीर घाइते नभएको बताएका छन्।
हात फ्याक्चर भएका व्यक्तीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
यसैगरी उनले दुई जना बाहेक सबैलाई सामान्य उपचारपछि घर पठाइएको जानकारी दिए।
दुई जनाको भने टाउको ठोकिएका कारण २४ घण्टाका लागि चिकित्सकिय निगरानीमा राखिएको पाठकले बताए।
ब्रेक फेल भएपछि बस सडकछेउको नालामा खस्दा सो दुर्घटना भएको पाठकको भनाइ छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij