प्रकाशित मिति : बिहिबार, बैशाख ११, २०७७
आज मातातिर्थे औसी अर्थात आमाको मुख हेर्ने दिन । हरेक वर्षको बैशाख कृष्णपक्षको औँसीमा आमाको मुख हेर्ने प्रचलन चलिआएको छ, यस दिनलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । आमाको मुख हेर्नु भनेको आमाको अनुहार हेर्नु भनेको होईन, आमालाई खुवाऊने भन्नुको अर्थ बर्षमा एक पटक मात्र मिठो मिठो खानेकुरा खुवाएर ज़िम्मेवारी पुरा भयो भन्नु होईन । यसको अर्थहो आमालाई पूर्णरुपमा हेर्नु आमाले झेल्नु भएको समस्यालाई हेर्नु ,आमालाई खुवाऊनु भनेको आमाको भरण पोषण गर्नु हो ।
आजभोली छोराछोरि भौतिक सुख सुविधाको कारण विस्तारै आमा बावु विच टाढाको सम्बन्ध वढ्दै जादैछ जसको कारण छोरा छोरिले आमा बुवालाई वास्ता नगर्ने अनि वृद्धाश्रम लगायतका सथानमा लगेर राख्ने चलन वढ्दै गएको छ, आमा बावुले जीवनको ऊत्तरार्धमा अत्यन्त कठिन जीवन भोगिरहोको पनि हामिले देखेको छौ । यो मानविय दृष्टिकोणले अत्यन्त संवेदनशील बिषय हो ।
वालकले जीवनकालको पहिलो शव्द बोल्न सिकेको शव्द हुन्छ “आमा” जुन आमा यस धर्तिका जननी हुन् । तिनै आमाको कारण यस धर्तिको सृष्टि चलिरहेको हुन्छ । तिनै आमा प्रतिको कर्तव्यवोध गर्ने दिन हो आजको दिन ।
पौराणीक कालदेखिनै मनाउदै आएको यस आमाको मुख हेर्ने दिन आमाले पुराऊनु भएको योगदानलाई सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको दिवंगत आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन्
मातातीर्थ औंसीजन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजकोदिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । यिनै आमा जस्ले हामीलाई गर्भमा राखेर जन्माईन जस्ले हामीलाई संसार देखाईन्, पाईला चाल्न ताते ताते गर्दै सिकाईन, अनि काखमा राखेर पालिन । देवीको प्रतिरुप अनि ममता कि खानी अनि वालापनामा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहने पुरा गरिदिने, आमाहरुलाई कोटी कोटी नमन ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij