प्रकाशित मिति : बिहिबार, बैशाख ११, २०७७
मधुकर पाण्डे, काठमाडौ । नेपाली कांग्रेस नुवाकोट दुप्चेश्वर सम्पर्क समितिका अध्यक्ष सक्रिय युवा सुशील खड्काले अहिलेको कोरोनाले निम्त्याएको कठिन घडीमा दुप्चेश्वर गाउँ पालिका नुवाकोटलाई ४ हजार थान मास्क बितरण गर्नुभएको छ।
त्यसैगरी उहाँले विभिन्न वडामा दुई हजार थान मास्क र एक हजार जोडी पंजा बितरण गर्नुभएको छ।उहाँले वडा वडामा गएर १५ लिटर सेनिटाईजर र ५ थान ज्वरो नाप्ने पि पि ई सहयोग गर्नुभएको छ,असहाय र बिपन्न बर्गका बस्तीमा पुगेर समितिका बरिस्ठ उपाध्यक्ष सागर तामाङले साँढे आठ क्वीन्टल चामल र ५० के जि दाल बितरण गरेको गाउँपालिकाले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij